२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

डोटी प्रदेश सभा ‘क’ मा कठायत र जोशी, ‘ख’ मा साउँद, बिनाडी र फुलारा भिड्दै

डोटी – शनिबार नेपाली कांग्रेस डोटीको प्रदेश सभा नेतृत्वका लागि मतदान प्रकृयामा जाने भएको छ । प्रदेश सभा ‘क’ मा सवै पदमा मतदान हुने भएको छ भने प्रदेश सभा ‘ख’ मा उपसभापति र जनजाती तर्फको प्रतिनिधीबाहेकका पदमा हुने भएको छ ।

प्रदेश सभा ‘क’ मा दिपायल सिलगढी नगरपालिकाका भरत बहादुर कठायत र सायल गाउँपालिकाका धर्मराज जोशी बिच सभापति पदका लागि मतदान हुने भएको छ । ‘ख’ मा भने तिनजनाबिच मतदान हुने भएको छ । बडीकेदार गाउँपालिकाका भैरब साउँद र बुद्धिसागर बिनाडी तथशिखर नगरपालिकाका टिका फुलाराले उम्मेदवारी दिएका छन् । समाचार तयार पार्दा सम्म सभापति पदका कुनै पनि उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छैनन ।
निर्वाचन क्षेत्र क मा २ वटा सभापति पदका लागि ३ जना, २ सचिव पदका लागि ४ जना, सहसचिवका लागि ३ जना प्रतिस्पर्धामा छन् । प्रदेश प्रतिनिधी खुला तर्फ १४, महिला खुलामा ६, खस आर्य पुरुषमा ५, खस आर्य महिलामा ३, दलित खुल्लामा २, दलित महिलामा २ र अपाङ्ग अल्पसंख्यकमा २ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र ख मा सभापति पदका लागि ३ जना,सचिवमा ४ , सहसचिवका लागि ४ जना प्रतिस्पर्धामा छन् । प्रदेश प्रतिनिधी खुला तर्फ २२, महिला खुलामा ३, खस आर्य पुरुषमा ५, खस आर्य महिलामा ३, दलित खुल्लामा ५ जनाले उम्मेदवारी दिएका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ मंसिर ५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP