डोटी- बाल सुधार गृहका बालविज्याइँकर्ता र डोटी कारागारका कैदीका लागि खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल ) धनगढीका अध्यक्ष भक्तराज जोशीले खेलकुदका सामग्री उपलब्ध गराएका हुन् ।
बिहिबार प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट मार्फत क्यारिम बोर्ड, भलिबल, नेट लगायतका अन्य खेलकुद सामग्री हस्तान्तरण गरिएको जोशीले बताए । जिल्लाको सायल गाउँपालिका र आदर्श गाउँपालिकाका बाढी पीडितहरुलाई पनि राहत वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
समाजसेवी जोशीले साइन नेपाल गैरसरकारी संस्था मार्फत महामारी, विपद, शिक्षा, स्वास्थ्य, छाउपडी लगायतका क्षेत्रमा डोटी लगायत देशैभर सामाजिक कार्यहरु गर्दै आएका छन् । कोरोेना महामारी नियन्त्रण तथा राहत उद्दारमा उनले ठुलो भुमिका निर्वाह गरेका थिए ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...