२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

बझाङमा बिक्री हुदैन संस्थानको चामल

बझाङ- बजारका पसलहरु भन्दा नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलको मुल्य कम भए पनि संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ । बजारका पसलहरुमा मोटो चामलको प्रति किलो ५० रुपैया छ । तर नेपाल खाद्य संस्थानले प्रति केजी ४० रुपैयामा बिक्री गर्दै आएको भए पनि चामल गोदाममा नै थन्किएको हो ।

नेपाल खाद्य संस्थानको अफिस पाएक पर्ने ठाँउमा नभएका कारण खाद्य संस्थानको चामल बिक्री नभएको स्थानियले गुनासो गरेका छन् । सदरमुकाम चैनपुर भन्दा पारी देबलमा नेपाल खाद्य संस्थानको गोदाम छ । सदरमुकाम चैनपुरमा सवारीका साधनहरु पुग्न थालेपछि खाद्य संस्थानको चामल विक्री हुन छाडेको हो ।

बजारमा मोटो अरुवा चामलको प्रतिकिलो खुद्रामा ४५ देखी ५० रुपैया सम्म चामल विक्री भैरहेको उद्योग बाष्णिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलिले बताए । यता नेपाल खाद्य संस्थानले भने मोटो उसिना चामलको मुल्य प्रतिकिलो ४० रुपैया तोकेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ आश्विन १

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP