२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कोरोना खोप लगाएको अढाइ घण्टापछि ६० वर्षीय वृद्धकाे मृत्यु

डोटी-

डोटीमा कोरोना खोप लगाएको अढाइ घण्टा पछि ६० वर्षीय वृद्धकाे मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर २ का लाल बहादुर बोगटीको मृत्यु भएको वडाध्यक्ष ऋषिराज जोशीले बताए ।

२६ दिन अघि भेरोसीलकाे पहिलो खोप लागेका बोगटीको सोमबार दोस्रो डोज खोप लगाएको अढाइ घण्टा पछि मृत्यु भएको हो । स्थानीय राम बहादुर कार्कीका अनुसार मुडेगाउँ खोप केन्द्रमा बिहान साढे आठ बजे खोप लगाएर आफ्नो घर फर्किएर निदाएका उनी बिहान ११ बजे मृत अवस्थामा भेटिएका हुन् ।

शिखर नगरपालिकाका स्वास्थ्य प्रमुख हरिस शाहले बोगटीको मृत्यु खोपको कारण नभएको बताए । दुई डोज खोप भएको सिसिबाट एक डोज बोगटी र दोस्रो डोज अर्को व्यक्तिलाई लगाएको र अर्को व्यक्तिमा कुनै समस्या नदेखिएका कारण खोपको कारण मृत्यु भएको भन्न नसकिने उनको भनाइ छ ।

मृत्यु भएका व्यक्तिको दाहसंस्कारका लागि तयारी गरिएको आफन्त स्रोतले जनाएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ भाद्र १४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP