२०७९ आश्विन १४, शुक्रबार
September 30, 2022, Friday

कोरोना हबमा साइन नेपाल : १२० जना संक्रमितलाई पोषण आहार

डोटी- आदर्श गाउँपालिका–१ चाँसी कोरोना केन्द्र स्थल (कोरोना हब) बनेको छ । एउटै गाउँका ९० जना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । चाँसी गाउँसँगै छिमेकी गाउँ टोलमा पनि संक्रमण देखिएको छ ।

कोरोना संक्रमण तिव्र रुपमा फैलिएको जानकारी पाए पछि मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) कैलाली सो गाउँमा पुगेको छ । संस्थाले कोरोना संक्रमितको अवस्थाका बारेमा जानकारी लिनुका साथै पोषण युक्त खानेकुरा वितरण गरेको छ । संस्थाले संक्रमितलाई पोषण तथा भाइरसका बारेमा परामर्श पनि दिएको हो ।

दिपायलबाट ९ किलोमिटर कच्चि सडकको यात्रा गर्दै साइन नेपालका अध्यक्ष भक्तराज जोशी लगायतको टोली पोषण युक्त खाना सहित चाँसी पुगेको थियो । पानी परेका कारण अन्य सवारी साधन चल्न नसक्ने भएपछि सामग्री बोकेको ट्याक्टरमा संस्थाको टोली सो गाउँमा पुगेको हो ।

साइन नेपालद्वारा सञ्चालित कोभिड १९ रिलिफ सपोर्ट परियोजना अन्तरगत चाँसी गाउँका ९० जना जना छिमेकी गाउँका ३० जना गरी एक सय २० जना संक्रमितलाई पोषण युक्त खानेकुरा वितरण गरिएको हो । बिहिबार संक्रमितहरुलाई अण्डा, चना, काजु, प्रोटीन, मल्टी भिटामिन, भिटामिन सि, तोरीको तेल लगायतका पोषण युक्त खानेकुरा वितरण गरिएको हो ।

प्रति व्यक्ति एक क्रेट अण्डा, दुई किलो चना, एक बोतल प्रोटिन, एक डिब्बा मल्टि भिटामिन, दुई पाकेट काजु, एक पोका तोरीको तेल र एक पत्ता भिटामिन सि गरि जम्मा एक सय २० जना संक्रमितलाई पुग्ने गरी पोषण युक्त खानेकुरा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । संक्रमितको युनिटि पावरमा बृद्धि होस् र शारीरिक कमजोरी नहोस् भनेर पोषण वितरण गरिएको उनले बताए । गाउँमा उपलब्ध संक्रमितलाईसामग्री वितरण गरिएको थियो भने बाँकी संक्रमितका लागि आदर्श गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख बम बहादुर खड्कालाई हस्तान्तरण गरिएको थियो ।

संस्थाका कोषाध्यक्ष एबं स्वास्थ्यकर्मी मेघराज भट्टले पोषण युक्त खानाको प्रयोग, फाइदा, कोरोना भाइरसको संक्रमण, असर र बच्ने उपायका बारेमा संक्रमितलाई परामर्श दिएका थिए ।

स्वास्थ्य इकाई प्रमुख खड्काले गाउँमा संक्रमित फैलिए पछि साइन नेपाललाई अनुरोध गर्दा छोटो समयमा नै पोषण आहार उपलब्ध गराएको बताउँदै सहयोगका लागि धन्यबाद ज्ञापन गरे । उपलब्ध पोषण आहारले संक्रमितको मनोवल बढ्नुका साथै स्वास्थ्य अवस्थामा चाँडै सुधार आउने उनले बताए ।

कोरोना संक्रमणका कारण पूरै गाउँ चिन्तामा रहेको समयमा साइन नेपालले त्यही पुगेर गरेको सहयोग सराहनीय रहेको उद्योग वाणिज्य संघका महासचिव दिपक खड्काले बताए ।

साइन नेपालले सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा पहिलो चरणको कोरोना भाइरस फैलिए देखि नै महामारी नियन्त्रण, पोषण, स्वास्थ्य सामग्री, राहत वितरण, उद्दार, अक्सिजन उपलब्ध लगायतका कार्य गर्दै आएको छ । संस्थाले यो बाहेक शिक्षा, स्वास्थ्य, कु. प्रथा, स्वरोजगारी, शिप मुलक तालिम लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

Related News

पार्टीभित्रै विद्रोह गर्ने वेला आएको छ : गगन थापा
पार्टीभित्रै विद्रोह गर्ने वेला आएको छ : गगन थापा
  • २०७८ जेष्ठ २७

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विद्रोह गर्ने वेला...

TOP