डोटी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न २३ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका ३५ अस्पताललाई आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । त्यसमध्य सुदूरपश्चिम प्रदेशका तीन वटा अस्पतालका लागि २३ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ,’ प्रवक्ता गौतमले भने ।
तीन वटा अस्पतालमध्ये सबैभन्दा धेरै कञ्चनपुरस्थित महाकाली अस्पतालका लागि ९ करोड ८० लाख रुपैयाँ विनियोजना गरिएको छ । यस्तै डडेलधुरा अस्पतालका लागि ६ करोड ८० लाख र सेती प्रादेशिक अस्पतालका लागि ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कोसी अस्पताल ६ करोड ८० लाख
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १८ करोड ८० लाख
गजेन्द्र नारायण अस्पताल ३ करोड ८० लाख
नारायणी अस्पताल ९ करोड ८० लाख
भरतपुर अस्पताल ९ करोड ८० लाख
प्रसुति गृह ६ करोड ८० लाख
धुलिखेल अस्पताल ६ करोड ८० लाख
वीर अस्पताल ३० करोड ८० लाख
गंगालाल अस्पताल ८० लाख
ट्रमा सेन्टर ९ करोड
मनमोहन कार्डियो ८० लाख
नेपालमा प्रहरी अस्पताल ९ करोड ८० लाख
एपिएफ अस्पताल ९ करोड ८० लाख
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ३ करोड
विरेन्द्र अस्पताल ९ करोड
सिभल अस्पताल ६ करोड ८० लाख
कान्ति बाल अस्पताल ६ करोड ८० लाख
पाटन अस्पताल १२ करोड ८० लाख
टिचिङ अस्पताल १२ करोड
भरतपुर अस्पताल ८० लाख
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड ८० लाख
जिपी कोइराला अस्पताल ९ करोड
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड
भेरी अस्पताल १५ करोड
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ८० लाख
डडेलधुरा अस्पताल ६ करोड ८० लाख
मेची अस्पतालमा ९ करोड
प्रादेशिक अस्पताल जनकपुर ९ करोड ८० लाख
भक्तपुर अस्पतालमा ३ करोड ८० लाख
बागलुङ अस्पताल ३ करोड
भीम अस्पताल ३ करोड ८० लाख
लुम्बिनी प्रादेशिक अस्पताल ९ करोड ८० लाख
सुर्खेत प्रादेशिक अस्पताल १२ करोड ८० लाख
सेती प्रादेशिक अस्पताल ६ करोड ८० लाख
महाकाली अस्पताल ९ करोड ८० लाख
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...