२०७९ श्रावण २८, शनिबार
August 13, 2022, Saturday

देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमती, शीर्ष नेताहरु दाबी प्रस्तुत गर्न शीतलनिवासमा

काठामाण्डौं – माधवकुमार नेपाल पक्षसहित विपक्षी तीन दल नयाँ सरकार गठनको दाबी गर्न शीतलनिवास गएका छन् ।

सिंहदरबारमा छलफलमा जुटेका तीन दल र माधव नेपाल पक्षका २७ सांसदसहित एक सय ४९ सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी गर्न सांसदहरू शीतलनिवास गएका हुन् ।

कांग्रेस नेता गगन थापाले पत्रकारलाई जानकारी दिएअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी लिएर नेताहरू गएका छन् ।

Related News

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
  • २०७८ जेष्ठ ७

दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...

TOP