डोटी– डोटीमा जारी निषेधाज्ञामा थप कडाइ गरिएको छ । निषेधाज्ञाका बीच मानिसहरु बिना काम सडक बजारमा डुल्ने र सवारी गुडाउने गर्न थाले पछि प्रहरीले कडाइका साथ निषेधाज्ञाको पालन गराउन थालेको हो ।
निषेधाज्ञाको उल्लङ्घन गरी सडक तथा बजार क्षेत्रमा डुल्ने व्यक्तिहरुलाई प्रहरीले सडकमा उभ्याएर कारबाही गर्न थालेको छ । आपतकालीन अवस्था बाहेक सडकमा गुड्ने सवारी साधनहरुको चेक जाँचमा कडाइ गरिनुका साथै कारबाही गर्न थालिएको हो ।
जिल्लामा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको र त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकारको समन्वयमा गाउँगाउँमा समेत गा्रमिण गस्ती परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । जिल्लामा लकडाउनको उल्लङ्घन गर्ने थुप्रै सवारी र मानिसहरुलाई कारबाही गरिन थालेको उनले बताए ।
प्रहरीले भारत लगायत अन्य मुलुकबाट आएर होम क्वारेण्टाइनमा बसेका मानिसहरुको पनि निगरानी राखेको प्रहरी प्रमुख मल्लले बताए । होम आइसोलेसनमा बस्न भनेकाहरुले सरकारको स्वास्थ्य मापदण्ड पालना नगरि गाउँमा हुने विवाह व्रतबन्धमा सहभागी हुने जाँडरक्सि सेवन गरेर गाउँपसमा डुल्ने गरेको बताउँदै प्रहरी प्रमुख मल्ले प्रहरीले त्यस्ता व्यक्तिको निगरानी राखिरहेको र कारबाही अगाडी बडाउने बताए ।
सथानीय सरकारसँग समन्वय गरेर होम क्वारेण्टाइनमा बसेर स्वास्थ्य मापदण्ड पालना नगर्ने, लकडाउनको उल्लङ्घन गर्ने व्यक्ति र तिनिहरुका परिवारका सदस्यलाई सरकारले दिने सेवा सुविधाबाट समेत बञ्चित गराउने प्रहरीले जनाएको छ ।
गाउँघरमा जुवातास खेल्ने, जाँडरक्सि सेवन गरेर होहल्ला गर्ने, भिडभाड भोज भतेड गर्ने र भट्टि पसल सञ्चालन गर्नेलाई समेत निगरानीमा राखिएको र त्यस्ता व्यक्तिको र व्यापारीका विषयमा सूचना संकलन गरी आवस्यक कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रमुख मल्लले बताए ।
सुरुका केही दिन लकडाउन खुकुलो भए पनि बिस्तारै दिन प्रतिदिन कडा बनाउँदै लगिएको छ । जिल्लामा कोरोनाको संक्रमण दर र मृत्यु दर बढ्दै गएको छ । एकै पटक फैलिएको महामारीका कारण बिरामीको उपचारमा समस्या आउनुका साथै जिल्लामा अक्सिजनको समेत अभाव हुँदै आएको छ ।
हालको निषेधाज्ञाको अबधिमा प्रहरीले निषेधाज्ञाका उल्लङ्घन गर्ने तीन सय ९ सवारी साधन र आठ हजार ३६ जना मानिसलाई कारबाही गरेको छ । चैत्र १२ गते यता निषेधाज्ञा उल्लङ्घन गरि बिना पास चलेका सवारीलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाई छाडेको हो ।
सम्झाई बुझाई गर्दा पनि अटेरि गरेर निषेधाज्ञा उल्लङ्घन गर्ने ७७९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाई छोडिएको छ । त्यस्तै जथाभाबी हिड्ने सात हजार दुई सय ५७ जनालाई सम्झाइ बुझाइ छोडिएको प्रहरीको तथ्याङ्क छ ।
प्रहरीले दैनिक रुपमा गस्ति तथा चेकजाँच बढाएको छ । निषेधाज्ञा उल्लङ्घन गरेको पाईएमा ठाउँको ठाउँ सडकमा उभ्याएर कारबाही गरिदै आएको छ । अटेरी गरे नियन्त्रणमा लिने गरिएको प्रहरी जनाएको छ ।
निषेधाज्ञाकै बीचमा प्रहरीले ७५ वटा “तपाइको मास्क खोई” जनचेतना मुलक कार्यक्रम र ३५९ पटक सचेत गराउँन माइकिङ्ग गरेको छ । “तपाइको मास्क खोई” कार्यक्रम अन्तरगत वैशाख १६ गते यता एक हजार २८ जनालाई मास्क वितरण गरेको छ ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...