सुत्केरी सेवा प्रभावित
बुडर– छतिवन स्वास्थ्य चौकी बुडरमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा बन्द गरिएको छ । जोरायल गाउँपालिका–२ बुडरमा रहेको स्वास्थ्य चौकीमा कार्यरत दुई जना अनमीमा कोरोना पुष्टि भएपछि वैशाख २० देखि स्वास्थ्य सेवा बन्द गरिएको हो ।
स्वास्थ्य चौकीमा सुत्केरी बाहेकका सबै सेवाहरु ३० गते सम्मका लागि बन्द गरिएको सूचना टाँस गरिएको छ । दुई जना अनमीमा संक्रमण देखिएपछि स्वास्थ्य चौकी प्रमुख गणेश सिंह भण्डारी महेन्द्रनगर स्थित घर बसेकाछन् । स्वास्थ्य चौकीमा कार्यरत ६ जना कर्मचारीमध्य हाल एक जना अनमीले मात्रै सेवा दिदै आएकी छिन् ।
संक्रमित दुई जना अनमी मध्य एक जना धनगढी स्थित होम आइसोलेसनमा बसेकी छिन् भने एक जना संक्रमित अनमी चम्पादेवी मल्ल र उनकी छोरी स्वास्थ्य चौकीको एउटा कोठामा नै आइसोलेसन बनाएर बसेकी छिन् । बुडरमै घर भएकी अनमी मल्ल त्यहाँका वडा अध्यक्ष मानबहादुर मल्लकी पत्नी हुन् । उनि कोरोना संक्रमित छोरी निशासँगै स्वास्थ्य चौकीमा बसेपछि महामारीको समयमा जनताहरु स्वास्थ्य सेवाबाट बञ्चीत भएको स्थानीयको गुनासो छ ।
संक्रमित स्वास्थ्यकर्मी र उनकी छोरीले स्वास्थ्यचौकीलाई नै आइसोलेसन बनापछि सुत्केरी सेवा पनि प्रभावित भएको स्थानीय मुकुन्द पन्तले बताए । दैनिक जसो सुत्केरी गराउन आउने सेवा ग्राहीहरु कोरोना सर्ने डरले स्वास्थ्य चौकीमा नगै डडेल्धुरा, कैलाली जानुपर्ने बाध्यता आएको उनको भनाईछ । स्वास्थ्य चौकी बन्द भएपछि नीजि मेडिकलहरुमा बिरामीको घुइचो लाग्ने गरेको र सामान्य सिटामोल, ब्रोफिनका लागि मेडिकलबाट खरिद गर्नु पर्ने अवस्था आएको पन्तले गुनासो गरे ।
भिमदत्त राजमार्ग अन्तरगतको हाइवे सडकमा पर्ने उक्त स्वास्थ्य चौकी बन्द भएपछि स्थानीय वडाबासी सहित सयौं बिरामीहरु स्वास्थ्य सेवाबाट बञ्चीत भएकाछन् । उक्त स्वास्थ्य चौकीमा कैलालीको चुरे गाउँपालिका–५ सहजपुर, फण्टुडे र डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका– २ गाङ्खेत र वडा नंं. ६ धिमडाका जनताले पनि सेवा लिदै आएका थिए ।
स्वास्थ्य चौकी प्रमुख गणेश सिंह भण्डारीले गाउँपालिकाले स्वास्थ्य चौकी शिल गर्न भनेपछि अत्यावस्यक बाहेका सेवा बन्द गरेर आफु घर गएको बताए । कोरोना संक्रमित मल्ललाई स्वास्थ्य चौकीमा नबस्नुस्, नजिकै घर छ, घरको एउटा कोठामा आइसोलेसन बनाएर बस्नुस् वा वडामा बस्नुस् भन्दा नमानेको र जवरजस्ती आफै स्थास्थ्य चौकीमा बसेको भण्डारीले बताए । स्वास्थ्य चौकीमा संक्रमित छोरी सहित बसेपछि आफुहरुलाई पनि डर लाग्ने गरेको बताउँदै,उनले भने,‘हामी स्वास्थ्यकर्मीलाई त त्यहाँ जान डर लागेको छ भने झन् नबुझेका जनताहरु, सर्वसाधरण डराउने नै भए ।’
जेरोयल गाउँपालिकाका स्वास्थ्य शाखा प्रखुख गोविन्द विष्टले स्वास्थ्य चौकीमा संक्रमित स्वास्थ्यकर्मी बस्दा इमरजेन्सि सेवा समेत प्रभावित भएको स्वीकार गरेका छन् । उनले स्वास्थ्यकर्मीहरु संक्रमित भएका स्वास्थ्य चौकीमा ओपिडी बाहेक इमरजेन्सि सेवाहरु उपलब्ध गराउन निर्देशन भएको बताए । हामीले संक्रमितलाई स्वास्थ्य चौकीमा नबस्नुस् भनेर पटक–पटक भनेका हौं तर टेरेनन्,‘त्यहाँको इन्चार्जलाई समेत नराख्न भनेर निर्देशन दिएका थियौं ।’
स्वास्थ्य चौकी भएकै क्षेत्रमा संक्रमित स्वास्थ्यकर्मीको ठुलो घर भए पनि सम्पुर्ण स्वास्थ्य सेवा ठप्प हुने गरी छोरीलाई समेत लगेर राख्नु र राख्न दिनु जनस्वास्थ्य माथिको लापर्बाही भएको स्थानीयको गुनासो छ । स्थानीयले वडाध्यक्ष जस्तो जिम्मेबार जनप्रतिनिधिकै परिवारबाट स्वास्थ्य सेवा अबरुद्ध हुनु दुःखद र गैरजिम्मेबार पूर्ण व्यवहार भएको टिप्पणी गर्न थालेकाछन् । महामारीको समयमा स्वास्थ्य सेवा झन् प्रभावकारी बनाउनु पर्नेमा सेवा नै ठप्प गर्नु गलत कार्य भएको जन गुनासो बढेकोछ ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...