२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

महामारीमा खटिएका एम्बुलेन्स चालक बोगटी : जो बिरामी बोक्नुलाई धर्म ठान्छन्

पिपिइ सहित एम्बुलेन्सका साथमा चालक खगेन्द्र बोगटी

डोटी- शुक्रबार जिल्ला अस्पताल डोटीमा उपचार भैरहेका ३२ वर्षीय कोरोना संक्रमितको अवस्था नाजुक बन्यो । डाक्टरले उनलाई भेण्टिलेटरको आवस्यकता परेको भन्दै रिफर ग¥यो । उनलाई अन्यन्त्र लग्नका लागि एम्बुलेन्सको खोजी भयो ।

जिल्ला सदरमुकाममा एम्बुलेन्स उपलब्ध थिएन । अन्य एम्बुलेन्स चालक एवं सञ्चालकलाई खबर गरियो । कसैले बिग्रेको बहाना बनाए भने कसैले जिल्ला बाहिर रहेको भने । अन्तमा केआईसिंह गाउँपालिकाको एम्बुलेन्स चालक खडक बोगटीलाई फोन गयो । सुजंङ्ग अस्पताल राजपुरमा एम्बुलेन्स पार्क गरेर बिरामी वचाउन कुरिरहेका उनले सहर्श स्वीकार गरे र कोरोना संक्रमित बिरामी बोकेर हुइकिए ।

एम्बुलेन्सबाट कारोना संक्रमित झार्दै बोगटी

अघिल्लो दिन बिरामी कैलाली छोडेर रातारात डोटी पुगेका उनले आफ्नो अनिदोलाई भुलेर बिरामीलाई बचाउन हिंडे । गम्भीर अवस्थामा रहेका बिरामीको स्वास्थ्य लाभ र सफल यात्राको कामना गर्दै, गाडीको स्ट्रेरिङ्गमा सलाम गर्दै हिडेको उनि सम्झिन्छन् । विडम्बना एम्बुलेन्समा चढाएको केही बेरमै रेडियो नेपाल दिपायलमा कार्यरत कोरोना संक्रमित उनको निधन भयो । एम्बुलेन्समै प्राण त्यागेका उनलाई २२ गते रेडियो नेपालबाट जिल्ला अस्पताल समेत उनै बोगटीले पुर्याएका थिए । थप उपचारका लागि जिल्ला बाहिर लैजादै गर्दा एम्बुलेन्समै बिरामीको निधन भएपछि आफुलाई सबै भन्दा नराम्रो महसुस हुने चालक बोगटीले बताए ।

त्यस अघि कोरोना संक्रमित भएका ब्यक्तिलाई जिल्ला अस्पताल नजिकै सिलगढीबाटै अस्पताल सम्म लग्न आफु दिपायलबाट गएको उनी बताउछन् । बिरामीका आफन्तले समेत काठको सहायतामा कपडाहरु एम्बुलेन्समा हालेको देख्दा समेत आफु नडराएर अस्पताल पु¥याएको उनको अनुभव छ ।

२०६९ सालबाट एम्बुलेन्स चलाउँदै आएका उनले हजारौं बिरामीहरुको ज्यान जोगाएका छन् । एम्बुलेन्समा बोक्दा–बोक्दै १७ जना भन्दा बढीले बाटोमै ज्यान गुमाएको सम्झिदै उनि भावुक हुँदै भन्छन्,‘लोमो समय एम्बुलेन्स चलाइयो, धेरैको ज्यान जोगियो तर १७ जना भन्दा बढीले एम्बुलेन्समै ज्यान गुमाए त्यतिखेर भने साह्रै नराम्रो महसुस भयो ।’

अहिले केआईसिंह गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स चलाउँदै आएका बोगटीले यस अघि तिखातर स्वास्थ्य चौकीको एम्बुलेन्स चलाउँथे । पहिलो चरणको कोरोना भाइरस फैलिएको समयमा जिल्लामा ५० भन्दा बढी संक्रमित बोकेको उनि बताउछन् । पछिल्लो समय दोस्रो चरणमा फैलिएको कोरोना भाइरसका क्रममा बैशाख देखि यता ९ जना संक्रमित बोकेको चालक बोगटीले बताए ।

आफुले कोरोना संक्रमित लगायत अन्य बिरामी कसैलाई पनि बोक्न मनाही नगर्ने उनले बताए । गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले पनि जिल्लामा भएका इमरजेन्सि केस बोक्न मनाही नगर्न निर्देशन दिएको बोगटीले बताए । गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स भएकाले त्यहाँका जनताले सेवा नपाए गुनासो बढ्ने भएकाले बढी जसो त्यहाँका जनतालाई सेवा दिनु पर्ने प्रमख दायित्व रहेको उनि बताउँछन् ।

“बिरामी बोकेर ज्यान जोगाउनु मेरो धर्म हो”

९ वर्ष देखि एम्बुलेन्स चलाउँदै आएका चालक बोगटी बिरामी बोक्नुलाई आफ्नो धर्म ठान्दछन् । बिरामी बोकेर लगेपछि उनको उपचार सफल भएको सुन्न देख्न पायो भने सबै भन्दा बढी खुसी महसुस हुने उनि बताउछन् ।

क्वारेनटाइनमा एम्बुलेन्स चालक बोगटी

‘पहिलो चरणमा कोरोना भित्रिदा त्रास उत्पन्न भएको थियो, बोगटीले भने,‘त्यो समयमा स्वास्थ्य सुरक्षाका सामग्री पनि कमै मात्रामा उपलब्ध थिए तर पछि त्रास हट्दै गयो । बिरामीको ज्यान जोगाउन पाउदा खुसी महसुस भयो । ठुलो धर्म गरे जस्तै भयो । त्यो समय परिवारका मान्छेले एम्बुलेन्स चलाउन रोक लगाउन खोजे तर अहिले मेरो पेशा र कर्मलाई बुझेका छन् ।’

बोगटी भन्छन्,‘मान्छेको सबै भन्दा ठुलो सम्पिति उसको स्वास्थ्य हो । सबै भन्दा ठुलो धर्म बिरामीको स्वास्थ्य बचाउनु हो । कतिपय बिरामी र बिरामीका आफन्तले उपचारपछि डक्टर भन्दा बढी धन्यबाद हामीलाई दिन्छन् र त्यतिखेर आफुले ठुलो धर्म गरेको अनुभुति हुन्छ ।’

‘एम्बुलेन्स अभाबका कारण कसैले ज्यान गुमान नपरोस् भन्ने मेरो चाहना हो । त्यसका लागि हामी चालक र सञ्चालक बीच पनि परस्परको समन्वय र सकार्य हुन जरुरी छ, बोगटीले भने ।’ कोरोना देखि डर लाग्दैन भन्ने प्रश्नमा बोगटीले हाँस्दै भने,‘म स्वच्छ छु, मलाई कोरोनाले त्यती असर पनि गर्दैन होला । म एउटा सेवक भएका कारण स्वास्थ्यकर्मी जत्तिको दायित्व मेरो पनि हुन्छ । मेरो स्वास्थ्य भन्दा जनताको स्वास्थ्य ठुलो हो । म जस्तोसुकै प्रकृतिका बिरामी पनि बोक्न तयार छु । महामारी हामी सबैले मिलेर सामना गरे मात्रै नियन्त्रण हुन्छ । मलाई मेरो डर भन्दा जनस्वाथ्यको चिन्ता छ ।’

जिल्ला सदरमुकाममा एम्बुलेन्स अभाव

जिल्ला सदरमुकाम सिलगढीमा एम्बुलेन्सको अभाव रहेको छ । अक्सिजन सुविधा सहितको एम्बुलेन्स सदरमुकाममा नहुँदा बिरामीहरु पास बनाएर अन्य गाडीमा ओसार्नु पर्ने बाध्यता रहेको छ । सदरमुकाममा रहेका तीन वटा एम्बुलेन्स मध्य तीनै प्रयोगमा छैनन् । जिल्ला अस्पतालका दुई र दिपायल सिलगढी नगरपालिकाको एक एम्ुबलेन्स प्रयोगमा नरहेका कारण अभाव देखिएको हो ।
जिल्लामा १५ वटा एम्बुलेन्स भए पनि सदरमुकामका तीन वटा एम्बुलेन्स सञ्चालनमा नहुुँदा अभाव भएको हो । जिल्ला अस्पतालको एउटा एम्बुलेन्स सामाजिक विकास मन्त्रालय अन्तरत कैलाली पठाइएको छ भने अर्को बनेर पनि ग्यारेजमा थन्किएको छ । दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्स मर्मतका लागि कैलाली पठाइएको छ ।

दिपायलमा शैलेश्वरी अस्पताल, चोपडा हस्पीटल र केआईसिंह गाउँपालिकाका गरी तीन वटा मात्र एम्बुलेन्स प्रयोगमा रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

डोटी जिल्लामा ९ स्थानीय तहमा रहेका एम्बुलेन्सले स्थानीय तह भित्र भएका बिरामी बोक्ने गरेका छन् । १५ वटा एम्बुलेन्स भएपनी १२ वटा मात्र सञ्चालन रहेको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरिक्षक तेजबिक्रम शाहीले जानकारी दिनु भएको छ । संक्रमित तथा अन्य बिरामीलाई थप उपचारका लागी बाहिर लैजान समस्या हुने देखिएको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७८ बैशाख २५

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP