२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

शिखर नगरपालिकाले छाउपडी कु. प्रथा विरुद्ध रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्ने

डोटी – शिखर नगरपालिकाले छाउपडी कु. प्रथा विरुद्ध रणनीतिक योजना निर्माण गर्ने भएको छ । रणनीतिक योजना निर्माणका लागि नगर प्रमुख सीताराम जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

सरोकारवालाहरुको भेलाले नगरका वडाध्यक्ष, स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका विषयगत शाखाका प्रमुखहरू सदस्य रहने गरी समिति गठन गरिएको हो ।

एक्सनएडको आर्थिक सहयोग तथा सम विकास केन्द्र डोटीको आयोजनामा छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि रणनीति सहितको अभियान चाल्न समिति गठन गरिएको परियोजनाका फिल्ड अफिसर मिना आउजीले बताइन् ।

भेलाले नगरपालिकामा लागु हुने गरि बानाइएको छाउपणी प्रथाजन्य उन्मुलन नीतिको खाका माथि समेत छलफल गरिएको थियो । उक्त परियोजना शिखर नगरपालिकाका एक देखि चार वडामा संचालित छ । परियोजनाले कार्यक्षेत्रमा छाउपणी प्रथा उन्मुलन गर्ने किसमका विभिन्न जनचेतना मुलक गतिविधि गर्दै आएको छ । नगर प्रमुख जोशीले छाउपडी प्रथालाइ उन्मुलन गर्न रणनीति सहित वडा स्तरवाटै विभिन्न कार्यक्रम गर्ने बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ बैशाख १८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP