२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

दार्चुलामा निर्माणाधिन नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु

दार्चुला – दार्चुलाको अपी हिमाल गाउँपालिकामा निर्माणाधिन विद्युत नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर ६ मज्जेमा निर्माण भइरहेको मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल निर्माण गर्ने क्रममा आज बिहान निर्माणाधिन पर्खाल भत्किँदा दुई जना कामदारको ज्यान भएको गौरी शंकर आधारभूत विद्यालयका शिक्षक भगत सिंह धामीले जानकारी दिए।

उनका अनुसार भिरमा पर्खाल निर्माण गरिरहेको बेला एक्कासी पर्खाल भत्किदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका अन्दाजी ४५ वर्षिय बल्देव महरा र अपी हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी अन्दाजी ४० वर्षिया गोमती धामी रहेका छन्।

घट्नाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमल बहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको बताइएको छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ फाल्गुन १

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP