बैतडी– बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने बाबुले मध्यराति गाउँमा फर्किएर घरमा आगजनी गरेका छन् । उनी बन्दुकसहित फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पुर्चौडी नगरपालिका–१० का धनसिंह महराले शनिबार भरुवा बन्दुकको गोली प्रहार गरेर आफ्नी २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीलाई गोली प्रहार गरेका हुन् ।
महराले जो अगाडि आउँछ उसैलाई ‘सुट’ गरिदिने चेतावनी दिएको स्थानीयले बताएका छन् ।
दिपायल –शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले किसान र कृषकलाई...