२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

शिखर नगरपालिकाको समन्वयमा २० जना महिलाहरुको निःशुल्क पाठेघरको अप्रेसन

डोटी- शिखर नगरपालिकाका २० जना महिलाहरुको निःशुल्क अप्रेसन हुने भएको छ । नगरपालिकाको समन्वयमा डडेल्धुरा अस्पतालमा पाठेघरका बिरामी महिलाहरुको आइतबारबाट अप्रेसन तथा उपचार हुने स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए ।

नगर बसमा २० जना बिरामी महिलाहरु लगेर नगर उप–प्रमुख धौली देवी रावल डडेल्धुरा अस्पताल पुगेकी छिन् । नगरले यस अघि शिवर सञ्चालन गरेर जटिल समस्या भएका अप्रेसन गर्नै पर्ने बिरामीहरु छनोट गरेको थियो । गत बर्ष पनि यसै गरी १६ जना पाठेघरको समस्या भएका महिलाहरुको अप्रेसन गरिएको थियो ।

अप्रेसन गर्न एकहप्ता जती लाग्ने अस्पताललाई उदृत गर्दै उप–प्रमुख रावलले बताईन् । उनले नगरका महिलाहरुमा बढी जस्तो पाठेघरको समस्या बढी देखिएको बताइन् । आर्थिक अभावका कारण बाहिर लगेर अप्रेस उपचार गर्न नसकेका महिलाहरु छनोट गरेर निःशुल्क अप्रेसन गर्ने निर्णय गरेको रावलले बताईन् ।

नगर प्रमुख सिताराम जोशीले नगरको विकासका लागि जनस्वास्थ्य स्वच्छ रहन आवस्यक रहेको बताए । नगरले जन स्वास्थ्यका सवालमा स्थापना कालदेखि नै प्राथमिकता दिएको बताए । नगर प्रमुख जोशीले नगरले पटक–पटक स्वास्थ्य शिविर सञ्चालन, औषधि वितरण, कोरोना रोकथाम, गरिव परिवारका बिरामीहरुका लागि सहुलियत सिफारिस तथा नगरबाट पनि उपचार खर्च प्रदान गर्दै आएको बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ माघ १८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP