२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

वन मन्त्री आले तस्करको नाइके हुन् : भीम रावल

कैलाली- नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले वन तथा वातावरण मन्त्री प्रेम आले तस्करको नाइके भएको आरोप लगाए ।

प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री केपी ओलीले तस्करको नाईकेलाई मन्त्री बनाएको आरोप लगाएका हुन्।

यसअघि गत पुस २४ गते खुलामञ्जमा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गरेका वन मन्त्री आलेले रावलको संरक्षणमा सुदूरपश्चिममा वन फडानी भइरहेको आरोप लगाएका थिए।

नेता रावलले केपी शर्मा ओलीले संसद बिघटन गरेर संबिधान बिघटनसंगै नेकपालाई बिसर्जन गर्न खोजेको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीलाई राष्ट्र र राष्ट्रियता बिरोधी कार्य आफुहरुले रोकेको बताए ।

उनले ओली संसद, स्थायी कमिटि, नेकपाको केन्द्रीय कमिटिकोबाट भागेको बताउदै ओली एक नम्बरको भौगडा भएको बताए ।

उनले आफू १९ वर्षको उमेरमा केन्द्रीय कारागारमा हुदा ओली २३ वर्षको केटो भएको चर्चा गर्दै भने, मलाई केटो भन्ने ओलीले सिंहदरवारबाट हेरुन, आज यही केटोले सिंह दरवार हल्लाएको छ, यही केटोले पार्टीका दुई नेतालाई सुदूर पश्चिम ल्याएको छ ।

प्रधानमन्त्री ओलीले ओम्नी र यति समूहलाई पोसेको र औषधीमा समेत भ्रष्टाचार गरेको आरोप लगाए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ माघ १७

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP