२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश

नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश

डोटी – केआईसिंह गाउँपालिका -७ थलीगाउँका ४० परिवार नेपाली कांग्रेसमा प्रवेश गरेकाछन् । नेकपा जिल्ला कमिटी सदस्य सगरे तिरुवाकाे नेतृत्वमा पुरै दलित बस्ती कांग्रेस प्रवेश गरेको हो ।

नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा केआईसिंह गाउँपालिका -६ भूमिराजमाण्डौंमा आयोजना गरेको कार्यक्रममा दलित बस्तीका ४० परिवार सहित १५० बढी नेता कार्यकर्ताहरु प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

नव प्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्वमन्त्री वीरबहादुर बलायर स्वागत गरेका थिए । पूर्वमन्त्री बलायरलाई वडामा बाजागाजा झाँकी सहित स्वागत गरिएको थियो । सरकार विरुद्ध नाराबाजी गर्दै विरोध र्याली आमसभामा परिणत भएको छ ।

कार्यक्रमलाई भातृ संगठनका प्रमुख, जिल्ला तथा क्षेत्रका नेताहरुले सम्बोधन गरेका छन् । विरोध सभालाई पूर्वमन्त्री बलायरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस केन्द्रको निर्णय अनुसार आज डोटीका सबै वडाहरुमा कार्यक्रम आयोजना गरिएको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ माघ ८

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP