२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुदूरपश्चिममा मन्त्री बन्न हानथाप : मन्त्री नपाए ओली समुहमा जाने धम्कि

कैलाली- सुदूरपश्चिम प्रदेशमा मन्त्री बन्नका लागि हानथाप हुनथालेको छ । प्रदेशमा रिक्त दुई मन्त्री पदमा नियुक्तिका लागि आकांक्षीहरु बढ्न थालेपछि मुख्यमन्त्रीलाई सकस भएको छ ।

मुख्यमन्त्री भट्टले ओली समूहमा लागेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई बर्खास्त गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आफैंले राजीनामा दिएका थिए । उक्त मन्त्रालयमा मन्त्री पद रिक्त भएपछि आधा दर्जन बढी सांसद मन्त्रीका लागि आकांक्षी छन् । ।

कतिपय सांसदहरुले मन्त्री पद नपाए ओली समूहमा जान्छु भन्दै धम्क्याउन थालेको एक जना प्रदेश सभा सदस्यले बताए । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या भएका कारण मुख्यमन्त्रीले मन्त्री छान्न नसकेको उनको भनाई छ ।

मुख्यमन्त्रीलाई एकातिर आफ्नो पक्षमा सांसद जोगाउने सकस छ भने अर्कातिर मन्त्रीका आकांक्षीहरूलाई पनि व्यवस्थापन गर्न चुनौती छ । ५३ जनाको प्रदेश सभामा हाल नेकपाका ३९ जनामध्य ८ जना मात्र ओली पक्षमा खुलेका छन् । सभामुख र उपसभामुख बाहेक प्रचण्ड–नेपाल पक्षमा २८ जना रहेको सो समूहको दाबी छ । तर, मन्त्री पद नपाएपछि केही सांसदहरूले साथ छोड्ने खतरा बढ्को छ ।

नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, मानबहादुर धामी, दीर्घ सोडारी, वीरमान चौधरी, पूर्णा जोशीलगायतका सांसद मन्त्रीको आकांक्षी रहेको प्रदेश सभा स्रोत बताउँछ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ पुष २९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP