२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday
राष्ट्रिय सहमतिको सरकार आवश्यक

वर्तमान सरकारबाट निर्वाचन सम्भव छैन : पूर्वमन्त्री बलायर

पूर्वमन्त्री एबम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले अहिलेको समयमा प्रतिनिधी सभाको निर्वाचनको विकल्प नरहेको बताएका छन् । नेपाली कांगेसको देशव्यापी विरोध प्रदेश निर्वाचन केन्द्र स्तरीय प्रदर्शन कार्यक्रम अन्तर्गत डोटीको प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रले दिपायलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘ओलीले नहुनु गरिहाले, यसमा उनको मात्रै होईन प्रचण्ड–माधवहरुको पनि उत्तिकै दोष छ,’ उनले भने,‘अब संसद पुनस्थापना भईहाले पनि त्यसबाट फेरी जाने बाटो भनेकै निर्वाचन हो । त्यो अहिलेको अवस्थामा अपरिहार्य छ ।’

वर्तमान सरकारबाट निर्वाचन सम्भव नभएको उनले बताए । ‘विधि, पद्धति, संवैधानिक व्यवस्था, आचरण, नैतिकता सबैको चरमसीमा नाघेर अघि बढेको सरकारबाट चुनाव हुन्छ भन्ने विश्वास नगरौँ । त्यसका लागि चुनावी सरकार आवश्यक छ,’ उनले भने ।
कम्युनिष्टहरू नेपालका लागि अभिषाप भएको पुष्टी भएको पनि पूर्वमन्त्री बलायरले बताए । ‘नेपाली जनताले कम्युनिष्टको झुटो आश्वासनका भरमा विश्वास गरेर झण्डै दुईतिहाईको बहुमत दिए,’ उनले भने,’त्यसको चरम खेलवाड कम्युनिष्टहरूले गरेको जनताले बुझेका छन ।’ त्यसैले देश र जनताले कांग्रेसतर्फ हेरिरहेको बताए ।
कांग्रेस अहिलेको परिस्थितीमा केवल प्रधानमन्त्री ओलीको मात्र विरोधमा नभई समग्र कम्युनिष्ट प्रबृत्तिकाविरूद्ध आन्दोलन गरेर जनतालाई सचेत पारिरहेको उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता महासमिति सदस्य रामप्रसाद उपाध्यायले कम्यूनिष्टहरूले आफ्नो प्रबृत्ति दर्शाउन कुनै कसर बाँकी नराखेको बताए । उनले भने, ‘कम्युनिष्टको सर्वसत्तावादी, अलोकतान्त्रिक, भ्रष्ट र फासिस्ट स्वभाव पूर्णरूपमा प्रदर्शित भएको छ ।’
कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाली कांग्रेसका क्षेत्रीय सभापती विजय खड्काले कम्यूनिष्ट सरकारहरू प्रदेशदेखी संघसम्म असफल भएको बताए ।
कार्यक्रममा नेताहरू प्रसीस महरा, कुमारसिँह टेलर, माया कुँवर, लक्ष्मण सिँह, विरेन्द्र शाह, दीर्घ बलायर, राम रोकाया, गणेश खड्का, डम्बर बिक, धौलीदेवी रावल, राजेन्द्र खड्का, चक्र बहादुर माझी लगायतले मन्तव्य राखेका थिए

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ पुष २६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP