२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

शिखर नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान : न्यानो कपडा वितरण

डोटी- शिखर नगरपालिकाले नगरका ३० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । नगरको वडा नं. ५ तिजालीका १५ जना र वडा नं. ४ मुडभराका १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

जेष्ठ नागरिकहरुलाई महिला तथा बालबालिका शाखाको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत सम्मान गरिएको हो । जेष्ठ नागरिकहरुलाई सम्मान सहित प्रति ब्यक्ति एउटा न्यानो कम्मलसँगै यातायात खर्च उपलब्ध गराइएको महिला तथा बालबालिका शाखा प्रमुख सुमित्रा थापाले बताइन् ।

वडाध्यक्ष पदम बहादुर बोहरा र तेज महराको अध्यक्षतामा सम्पन्न जेष्ठ नागरिक सम्मान कार्यक्रममा नगर प्रमुख सिताराम जोशी प्रमुख अथिति रहेका थिए । नगर उप–प्रमुख धौली देवी रावलको विशिष्ठ आतिथ्यतामा भएको उक्त कार्यक्रममा केशबराज जोशी, रामचन्द्र ओझा, महिला तथा बालबालिका शाखा प्रमुख लयायतका व्यक्तिहरु अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले जेष्ठ नागरिक नगरका अभिभावक, इतिहाँस र मार्गदर्शक भएको बताउँदै उहाँहरुको उच्च सम्मान सहित बाँच्न पाउँने अधिकार र सेवा सुविधामा नगर सधै जिम्मेबार रहेको बताए । नगरले जेष्ठ नागरिकहरुलाई विगत देखिनै सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँहरुका लागि नगरले सेवा सुविधामा सहजता, नगर बसमा निःशुल्क यात्रा, सहज रुपमा उपचार, सहज रुपमा सामाजिक सुरक्षा भक्ता उपलब्ध लयातका सेवा प्राथमिकतामा राखेर दिदै आएको बताए ।

जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम ल्याउँन नगर उप–प्रमुख रावलले विशेष पहल गरेको बताउँदै नगर प्रमुख जोशीले जनप्रिय र जेष्ठ नागरिकको सम्मानजनक कार्यका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेकाले धन्यबाद ब्यक्त गरे । उनले यो कार्यक्रमलाई अन्य वडाहरुमा पनि विस्तार गर्ने योजना रहेको बताए ।

उप–प्रमुख धौली देवी रावलले पनि जेष्ठ नागरिक हाम्रा इतिहाँस र अभिभावक भएकाले सन्तानहरुले सधैं सम्मान गर्नुपर्ने बताईने । आफुले नगरमा पद सम्हाले देखि जेष्ठ नागरिक, महिला, दलित, बालबालिका, अपांग पिछडियका वर्ग र अशक्त व्यक्तिहरुलाई विशेष प्राथमिकता दिदै काम गरेको बताइन् । जेष्ठ नागरिकहरुलाई हरेक परिवारमा सम्मान जनक तरिकाले राख्नु पर्ने र उहाँहरुको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने बताइन् ।

वडाअध्यक्ष बोहरा र महराले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रमलाई निरनतरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले वडाबाट जेष्ठ नागरिकहरुलाई सहज रुपमा सेवा दिदै आएको बताउँदै अझै सहज र जेष्ठ नागरिकको पहुँचमा सेवा पु¥याउँन आफु प्रतिबद्ध रहेको बताए । छुटपिट जेष्ठ नागरिकलाई पनि आगामि दिनमा समेट्ने वडाध्यक्षको भनाई छ ।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७७ पुष २०

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP