२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक सम्पन्न : ३६ जना सांसद मध्य ६ जना मात्रै ओलीको पक्षमा

नेकपा सुदूरपश्चिम संसदीय दलको आज धनगढीमा बसेको बैठकले प्रधानमन्त्री ओलीको कदम अंवैधानिक भएको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ ।  सो पार्टीका प्रदेश इन्चार्ज भीम रावलको उपस्थितिमा बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक रहेको ठहर गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारलाई दृढतापूर्वक समर्थन जनाउने र बहुमत सदस्य रहेको प्रचण्ड–नेपाल पक्ष नै आधिरिक नेकपा रहेको र त्यसलाई समर्थन गर्ने निर्णय गरेको पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य दीर्घ सोडारीले जानकारी दिए ।  

बैठकमा ओली पक्षका चार जनाको उपस्थिति रहेको थियो । उनीहरुले बैठकमा सहभागिता जनाए पनि हस्ताक्षर भने गरेनन् । सो पक्षबाट निवर्तमानमन्त्री पठानसिंह बोहराले धारणा राखेका थिए ।  यता  सुदूरपश्चिम प्रदेश सभाको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओली समूहका केही सांसदहरुले बैठकको निर्णय प्रति विरोध जनाएका छन् । आज भएको बैठकमा ओली निकटका ६ जना सांसद बैठकको निर्णय प्रति विरोध जनाएका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बोलाएको बैठकमा सहभागी भएका संसादहरुमध्ये ६ जना प्रदेश सांसदले बैठकमा उपस्थित भएपनि ३ बुँदे निर्णयमा हस्ताक्षर नगरेका हुन् । प्रतिनिधि सभा विघटनको विरोधमा निर्णयहरु ल्याएपछि हस्ताक्षर नगरेको ओली पक्षीय सांसद नेपालु चौधरीले जानकारी दिए । 

1

ओली पक्षका पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले हस्ताक्षर बैठकका निर्णयमा हस्ताक्षर नगरेका हुन् । नेकपा प्रदेश ईन्चार्ज भीम रावलको समेत सहभागितामा रहेको बैठकमा ३६ जना सांसद सहभागी रहेको बैठकमा ३० जनाले हस्ताक्षर गरेका छन् ।

संसदीय दलको बैठकले गरेका निर्णयहरु आफुसँग छलफल नै नगरी गरिएको र आफुले तयार पारेका निर्णयहरुमा हस्ताक्षर गर्न लगाएप्छि आफुहरुले विरोध जनाउँदै हस्ताक्षर नगरेको नेकपा कैलालीका अध्यक्ष रतन थापाले प्रतिक्रिया दिए । 

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ पुष १८

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP