२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

पत्रकार कठायतद्वारा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि सहयोग

डोटी- नेपाल प्रेस युनियन डोटीकी सदस्य पत्रकार सरिता कठायतले आफ्नो जन्मदिनको अवसरमा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग गरेकी छिन् ।

नेपाल पथ दैनिक, तथा एफ्एफ् डिसिमा कार्यरत कठायतले नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा स्थापना गर्न लागेको अक्षय कोषका लागि आर्थिक सहयोग घोषणा गरेकी हुन् ।

कठायतले जन्मदिन बनाउँने खर्च कटौती गरेर अक्षय कोष स्थापनाका लागि ६ हजारा ५ सय ५१ रुपैंया नेपाल प्रेस युनियन डोटीको बैंक खातामा जम्मा गर्ने घोषणा गरेकी हुन् । उनले यस अघिको जन्मदिन बृद्धा आश्रममा बनाएकी थिईन् ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको छ । कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । हाल सम्म कोष स्थापनाका लागि एक लाख बढी रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गिय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । स्व. पत्रकार खड्कालाई अमर राख्ने शाखाको अभियानलाई सहयोग गरेकोमा कठायतलाई सचिव महराले धन्यबाद सहित जन्मदिनको शुभकामना दिएका छन् ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ पुष १८

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP