कञ्चनपुर- सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक पूर्व माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका–१ ढक्काका ४८ वर्षीय दलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्व माओवादी बिकले आफ्नै छिमेकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिकले लुटेका गरगहना समेत बरामद गरिएको छ । उनको साथबाट केही राउण्ड गोली समेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने घटनाको अनुसन्धानको अन्तिमतिर पुगेको बताउँदै बिकलाई पक्राउ गरिएको कुरा आधिकारीक रुपमा पुष्टि गरेनन् ।
उनले घटनाको अनुसन्धान सकेर चाडै वास्तविकता सार्वजनिक गरिने बताए । गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । मृतक वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा बस्ने गर्दछन् भने बुहारी र नातिनी धनगढीमा बस्ने गरेका छन् ।
पारिवारिक स्रोतका अनुसार मृतक भुलले नाक, कान र घाँटीमा करिब ३ तोला जतिका सुनका गरगहना लगाएकी थिइन् ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...