२०८१ मंसिर १७, सोमबार
December 2, 2024, Monday

नेकपा अध्यक्ष चक्र मल्लले चुनावमा असहयोग गरेको मन्त्री आलेको आरोप

मल्लले चुनावी पोष्टरहरु नदिमा बगायो

डोटी- वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले २०७४ सालको निर्वाचनमा नेकपा डोटीका अध्यक्ष चक्र मल्लले आफुलाई हराउन कांग्रेस उमेदबार वीरबहादुर बलायरका लागि मत मागेको आरोप लगाए । गृह जिल्ला डोटीको सलगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नै पार्टीका अध्यक्ष तथा तत्कालिन प्रदेश सभा सदस्यका उमेदबार मल्ले असहयोग गरेको बताएका हुन् ।

मन्त्री बनेपछि पहिलो पटक डोटी पुगेका आलेले नेपाल, प्रचण्ड, भीम रावल खिमाका नेता कार्यकर्ताहरुलाई आरोपै आरोप लगाएका हुँन् । आलेले तत्कालिन निर्वाचनको प्रचार प्रसारका समयमा आफ्नो र मल्लको प्रचारका लागि धनगढीमा डोटी पठाएका पोष्टरहरु अध्यक्ष मल्लले सेतीमा बगाएको समेत आरोप लगाएका हुन् । स्वकीय सचिव हेमन्त रेग्मीले पठाएका पोष्टर मल्लले नदिमा बगाएको बताउँदै आलेले भीम रावलले समेत बलायरसँग गठबन्धन गरेको बताएका हुन् ।

तत्कालिन निर्वाचनको समयमा लाटामाण्डौं, बनलेक, गोपघाटमा बुथ कब्जा हुँदा मल्लले गैर जिम्मेबार ढंगबाट आलेका लागि कब्जा भएको हो जस्ता अभिव्यक्ति दिएको र चुनावमा आफुलाई हराउँने षडयन्त्र गरेको बताए ।

अध्यक्ष मल्ललाई केटाकेटीको संज्ञा दिदै मन्त्री आलेले मल्ल डाक्टर रावलको पछाडी लागेर आफै खाल्डोमा पुरिने अवस्था आएको बताए । मल्लको भविस्य केपी ओलीले नेतृत्व गरेको पार्टीसँग मात्रै भएको उल्लेख गर्दै आलेले अध्यक्ष मल्ललाई रावलको संगत छोडेर फर्किन समेत अनुरोध गरेका छन् ।

नेकपा सूदुरपश्चिम ईन्चार्ज समेत रहेका पूर्व उप–प्रधानमन्त्री रावल समुहले पार्टीको ३० लाख चोरी गरेको बताउँदै त्यो पैसाले मोज गर्न भने । रावलले पदमा रहँदा भ्रष्टाचार समेत गरेको आलेको आरोप छ । मन्त्री आलेले डाक्टर रावलका दिए सकिएको र उनि पतनको बाटोमा रहेको बताए ।

डोटीका धेरै जसो नेता कार्यकर्ताहरु नेपाल–प्रचण्ड खेमामा देखिएपछि आलेले आक्रोस पोख्दै आएका छन् । उनले काठमाण्डौंमा मन्तव्य दिदै आजको कार्यक्रममा १० हजार बढी मान्छे उतार्ने बताएका थिए । मन्त्री आलेलाई डोटीमा सहभागिता कम हुने भएपछि कैलाली र कञ्चनपुरबाट बस भरेर नेता कार्यकर्ता कार्यक्रमका लागि ल्याईएको आरोप लागेको छ ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ पुष १७

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP