२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

जिम्मेवारीबाट हटाएर जगको ढुङगा निकाल्ने काम भयो : बर्खास्त मन्त्री बोहरा

कैलाली- सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले आफुलाई कारण बिना मन्त्री पदबाट हटाईएको आरोप लगाएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदबाट बर्खास्त गरेपछि धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वमन्त्री बोहराले यस्तो बताएका हुन् । ‘मलाई जिम्मेवारीबाट हटाईएको औपचारिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन्,’ बोहराले भने, ‘सञ्चारमाध्यमबाट बर्खास्तमा परेको खवर पाएको हुँ । तर अहिलेसम्म जिम्मेवारीबाट हटाउनको कारणबारे मलाई भनिएको छैन् ।’

उनले भौतिक पूर्वाधार विकास मन्त्रालयमा आफुले गरेको कामकै कारण प्रदेश सरकारको शिर उचो भएको बताउँदै भने, ‘मलाई मन्त्री पदबाट हटाएर जगको ढुङगा निकाल्ने काम भएको छ । त्यो समयले पनि देखाउने छ ।’ बोहरा काठमाडौँमा हुँदा पुस १४ गते मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्री बोहरालाई बर्खास्त गरेका थिए । अहिले उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले लिएका छन् । 

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ पुष १७

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP