२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

जिल्ला प्रशासनमा सेवा लिन आउँदा छाउगोठ भए नभएको सिफारिस अनिवार्य

अछाम- जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा छाउगोठ भए/नभएको सिफारिस अनिवार्य ल्याउनु पर्ने भएको छ । जिल्ला प्रशाशन कार्यालय अछाममा सेवा लिन आउँदा सेवाग्राहीले अनिवार्य रुपमा घरमा छाउगोठ छ कि छैन भन्ने पत्र लिएर आउनुपर्ने प्रशाशन कार्यालयले जनाएको छ ।

प्रशासनबाट सेवा लिन आउने नागरिकले घरमा छाउगोठ भए/नभएको पत्र वडा कार्यालयबाट लिएर आउनुपर्ने अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । छाउगोठ घरमा हुनेले सेवा नपाउने होइन । तर गोठ भत्काउन प्रहरीलाई सहज होस् भनेर यस्तो निर्णय गरेको उनले बताए ।

‘अहिले अभियानलाई सेवा प्रवाहसँग जोडेका छौं । छाउगोठ भए नभएको छुट्याएर सेवा दिनेछौं । छाउगोठ भएकालाई गोठ भत्काउन पनि लगाउने र सेवा पनि दिने भनेका छौं,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।

जिल्लाका सबै छाउगोठ भत्काउन सहज होस् भनेर प्रत्येक सेवा ग्राहीसँग गोठ भए÷नभएकोबारे सुधपुछ गरी सेवा दिन सुरू गरेको उनले जानकारी दिए ।

छाउपडी प्रथा उन्मुलन गर्ने लक्ष्यअनुसार अछाम जिल्लामा गतवर्ष पुस ९ बाट छाउगोठ भत्काउन सुरू भएको थियो । प्रशासनका अनुसार हालसम्म जिल्लामा ६ हजार ४ सय ६१ छाउगोठ भत्काईएको छ ।

अछाम प्रशासनको तथ्याङ्क अनुसार जिल्लामा महिनावारीका बेला गोठमा बसेका कम्तिमा १२ जना किशोरी तथा महिलाको ज्यान गइसकेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ पुष १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP