२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

इज्जत जाने डरले बाबुले गराए छोरीको हत्या

जनकपुरधाम : रौतहटमा इज्जतका लागि आफ्नै एक बाबुले आफ्नै छोरीको हत्या गराएको रहस्य खुलेको छ । माधवनारायण नगरपालिका-७ लौकहा टोलका रामअयोध्या साह तेलीले प्रेमीसँग भागे भने समाजमा आफ्नो इज्जत गुम्‍ने डरले आफ्नो १७ वर्षीय छोरीको हत्या गराएका हुन ।

छोरी हत्याको आरोपमा बाबु रामअयोध्या साह र हत्यामा संलग्न अमृताकी आमा सितादेवी साह, र जिल्लाका देवाही गोनही नगरपालिका-२ लक्ष्मिनिया करुणियाका शेख अलियास, ईस्लाम अंसारी, शेख इम्ताज र पोरहा नगरपालिका ४ का छोटेलाल साहलाई पक्राउ गरी प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको प्रदेश-२ प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले जनाए अनुसार प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले आरोप स्वीकार गरिसकेको छ भने तिनीहरु विरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाइने प्रदेश प्रहरी प्रवक्ता कृष्ण प्रसाईले जनाएको छ । गएको कात्तिक २६ गतेका दिन माइतमै बसिरहेको बेला अज्ञात समूहदारा गोली हत्या गरिएको अवस्थामा अमृताको शव बरामद भएको थियो । कञ्चटमा गोली प्रहार गरिएको कारण अमृताको घटना स्थलमै मृत्यु भएको थियो ।

किन गरियो हत्या ?
तीन वर्षअघि माइतमै अमृताको स्थानीय ३० वर्षिय थारु भन्ने सोसिन्द्र प्रसाद भगतसँग प्रेम भएको थियो । घर परिवारलाई थाहा भएपछि समाजमा इज्जत जाने डरले सर्लाहीको विष्णुपुर गाउँपालिका-३ का रुपेश साहसँग २०७६ साल फागुन महिनामा मांगी विवाह गरिदियो ।

तर विवाहको केही महिनापछि रुपेशमाथि छुरा प्रहार गरी ज्यान मार्ने आक्रमण भएपछि अमृतालाई ससुरालीबाट माइत पठाइ दियो र गएको असार महिनामा दुवैको सम्बन्ध विच्छेद समेत भइसक्यो । सम्बन्ध विच्छेद पश्चात अमृता र उनका प्रेमी सोसिन्द्र विरुद्ध सर्लाही जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगको मुद्दा ससुराली पक्षले दर्ता गरायो ।

छोरीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएपछि छोरी पक्राउ परेमा वा घटनाबाट बच्न प्रेमी सोसिन्द्रसँग भागेमा र प्रेम सम्बन्धका कारण छोरी माइतमा बस्दै आएको कुराले समाजमा इज्जत जाने डरले जेठा ज्वाई करुणिया निवासी लक्ष्मण साहसँग मिलेर योजना बनाएर रामअयोध्याले छोरीको हत्या गराएको कुरा प्रदेश प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रामअयोध्याले शुरुमा कात्तिक ९ गतेका दिन उपचारको बहानामा भारत लगेर हत्या गर्ने योजना बनाएको थियो । तर अमृता त्यहाँबाट भाग्न सफल हुँदा उनको योजना सफल हुन सकेन । परोहाका छोटेलाल साहलाई डेढ लाख रुपैया दिई उपचारको बहानामा भारतमै हत्या गराउने ज्वाई लक्ष्मणको सहयोगमा योजना बनाएको थियो ।

सो योजना सफल हुन नसकेपछि भारतबाट भागेर माइत पुगेकी अमृतालाई उनका बुवा ज्वाई लक्ष्मणको योजना तहत करुणियाका कैमुल देवानलाई एक लाख रुपैया दिई कात्तिक २६ गतेका दिन हत्या गराएको प्रहरीले जनाएको छ । हाल सो घटनामा संलग्न रामअयोध्याका ज्वाई लक्ष्मण र मुख्य आरोपी कैमुल देवान फरार रहेको र उनको खोजी जारी रहेको कुरा प्रदेश प्रहरी प्रवक्ता प्रसाईले जनाएको छ । 

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर १६

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर १६

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर १६

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP