२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

किशोरीमाथि जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

कैलाली। धनगढीमा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बोहराले बझाङ देउलिकोट घर भई धनगढीमा डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

भदौ २६ गते किशोरीले दिएको जबरजस्ती करणीका जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान थालेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

पक्राउ परेका बोहरा बित्थडचिर गाउँपालिका–१ मा रहेको कालिका बाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ भाद्र ३१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP