२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

हली २

जदौ गोसाइँ
चिन्नु भो ?
तपाई मेरो पूर्खाको गौरव
म उही हली हुँ मालिक

तिम्रा मोबाइल र कम्प्यूटरमा दगुर्ने औँलामा
टाँसिए या टाँसिएनन् माटाका कणहरु
त्यही माटोको आद्रता ओढेर 
त्यही माटोको सुवास बोकेर
झुलाएको हुँ अन्न बाली
वर्षौ वर्षसम्म

बनेको थिएँ
भान्साको नूनदेखि कौसीको चून सम्मको ढाक्रे

पेटमा पटुका बाँधेर
हलोसँगै जोतेको हूँ पिँडुला र पाखुराको मासु
म उही हली हुँ गोसाइँ

काटेर ल्याउथेँ
जात्रा हेर्न हिँडेकी 
वैशालु युवतीका
पसारेका कपालझैँ
भीरको बाबियो
र पो बढारिन्थ्यो तिम्रो कौसी
घण्टौ हिँड्थ्यो मसँगै उकालो
डोकोभरीको स–सानो पसल बोकेर
र पो पाक्थ्यो तिम्रो भान्सामा परिकार !

साँझ अबेरसम्म 
जूनको उज्यालो ओढेर
सोझ्याइरहन्थे आँगनमा अचानो
र पो जोगिन्थ्यो तिम्रा अँगेनामा आगो
मधेश झरेपछि त चिन्न पनि छोड्नुभएछ क्यार !

पुरा पढ्नुहोस्

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ भाद्र २१

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP