२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

घर भत्केर ज्यान गुमाएका परिवारलाई डोटी काँग्रेसको राहत

आदर्श गाउँपालिका–१ बाँझककानीमा घर भत्किएर चारजना मृत्यु भएका परिवारलाई नेपाली कांग्रेस डोटीले राहत उपलब्ध गराउने भएको छ ।

नेपाली कांग्रेस डोटीले स्थापना गरेको आकस्मिक राहत कोषबाट उपचार खर्चबाफत १० हजार र किरियाखर्चबाफत १० हजार गरी २०हजार रकम उपलब्ध गराउने कांग्रेस डोटीले घोषणा गरको छ ।

कांग्रेस डोटीले घटनापछि मंगलबार बिहान शोक वक्तव्य जारी गर्दै घटनाप्रति दुख व्यक्त गरेको छ । जिल्ला सभापति प्रदीपकुमार देउवा र उपसभापति एबं आकस्मिक राहत कोषका संयोजक लक्ष्मणबहादुर सिँहले हस्ताक्षरित वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र घाईतेका सीघ्रस्वास्थ्य लाभको कामना गरिएको छ ।

वक्तव्यमा ‘ओत लाग्ने घर नै भत्केर चारजनाको ज्यान लिनसक्नेसम्मको घटनाले हाम्रो समुदायको विपन्नताको रुप उदांगो पारेको’ उल्लेख गर्दै ‘विपन्न दलित परिवारमा परेको यो बज्रपातमा सक्दो सहयोग गर्न तीन तहकै सरकार र सम्बन्धित सबैमा ध्यानाकर्षण’ गराएको छ ।

घोषणा भएको राहत रकम तत्कालै पिडित परिवारलाई उपलब्ध गराउने व्यवस्था मिलाईएको सभापति देउवाले जानकारी दिए ।

त्यस्तै आदर्श गाउँपालिका वडा नं. १ बाँजककानी काँग्रेसले पनि पीडित परिवारलाई नगद ९ हजार पाँच सय रुपैया आर्थिक सहयोग गरेको छ । पीडित परिवारलाई तत्कालका लागि हातमुख जोर्न अफ्ठेरो नपुगोस् भनेर काँग्रेस वडा समितिले सहयोग गरेको नेवि संघ डोटीका अध्यक्ष गणेश खड्काले शिखर समाचारलाई जानकारी दिए ।

आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा गएराती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको थियो । सुतिरहेका अवस्थामा भित्र सुतिरहेका २६ वर्षिया विष्ना लुहार, उनका १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।
घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते छन् । उनीहरुरुको दिपायलमा उपचार भईरहेको छ ।

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७७ श्रावण २७

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP