दिपायल– डोटीमा खानेपानीको गोदाम घरमा आगलागी भएको छ। दिपायल सिलगढी नगरपालिका–६ मा रहेको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा गएराति करिब १२ बजेतिर आगलागी भएको हो।
आगलागीबाट गोदाम घर र स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। साथै सोही ठाउँमा पार्किङ गरेर राखिएको मोटरसाइकलसमेत जलेर नष्ट भएको छ। क्षतिको विवरण सङ्कलन भइरहेको डोटी प्रहरीले जनाएको छ। आगलागीको कारण पनि नखुलेको प्रहरीको भनाई छ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...