२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

शिखर सरकारले भन्यो :- प्रतिकूल मौसमका कारण समस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्

दिपायल – शिखर नगरपालिकाले प्रतिकूल मौसमका कारण समस्यामा परेका नगरवासीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । नगरपालिकाका मेयर दीर्घ बलायरले आफू लगायत उपमेयर र वडाध्यक्षहरूको नम्बर सार्वजिक गर्दै समस्या परे शिधा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।

शनिबार साँझदेखि डोटी लगायत देशैभर निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिबाट सचेत र सुरक्षित रहन आग्रह गर्दै मेयर बालयरले अफ्ठेरो परेको अवस्थामा सम्पर्क गर्न अनुरोध गरेका हुन्।

वर्षाका कारण बाढी पहिरो आउन सक्ने र नगरवासीको जनधनको क्षति हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै समस्यामा परेका नगरवासीलाई सम्पर्क गर्न अनुरोध गरेको मेयर बलयारले बताए । समस्यामा परेका नागरिकको उद्दार, राहत र व्यवस्थानका लागि नगर सरकार तयार रहेको उनले बताए ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ९

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP