२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

डोटीमा चुनावी अवधिभर मदिरा सेवन, बिक्रीवितरण र ओसारपसारमा रोक


दिपायल-
जिल्ला प्रशासन कार्यालय डोटीले मदिरा सेवन, बिक्रीवितरणमा र ओसारपसारमा रोक लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबारबाट चुनावी अवधिभर मदिरा सेवन ओसारपसार र बिक्रीवितरणमा रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले आइतबार एक सूचना जारी गर्दै निर्वाचनको मौन अवधि देखि मत परिणाम घोषणा नहुन्जेल सम्मका जिल्लाभर मादक पदार्थमा सेवन, ओसारपसार र बिक्रीवितरणमा रोक लगाएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको असरबाट पर्नसक्ने असरलाई मध्यनजर गर्दै २७ गते विहानबाट जिल्लामा बिक्रीवितरण र सेवन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरेको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७९ बैशाख २५

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP