२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

डेढ वर्षीया नाबालिकालाई करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं – डेढ वर्षीया नाबालिकालाई जवरजस्ती करणीगरी हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षका मिथुन चौधरी रहेका छन्। स्थानीय नाबालिका २७ फागुनमा बेलुकी ५ बजे घरबाट नै हराएकी थिइन्। सोही दिन साढे ६ बजे नजिकै झाडीमा अचेत अवस्थामा उनी फेला परेकी थिइन्।

अचेत अवस्थामा फेला परेकी नाबालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा सोहि दिन राती साँढे १२ बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा सोही स्थानमा छाडेर फरार भएको जनाएको छ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७८ फाल्गुन २९

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP