चितवन – चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदी रहेका छन् ।
स्थानीय मन्दीरमा पुजारीसमेत रहेका सुवेदीलाई नियमित पूजा गरेर फर्कने क्रममा बेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरको सीतामाई क्षेत्रमा बाघले आक्रमण गरेको बताइएको छ । सुवेदी बिहीबारदेखि सम्पर्कबिहीन थिए ।
सुवेदीको शरीरका केही भाग मात्र बाँकी रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कपडा, चप्पल र एउटा गोडाबाट परिवारले शवको पहिचान गरेका थिए ।
धनगढी । नेपाली काँग्रेस कैलालीले दोस्रो जिल्ला सम्मेलन भव्य रूपमा...