डोटी– दिपायलमा कोभिड सहायता केन्द्रको स्थापना गरिएको छ । कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण समस्यामा परेका यात्रु, बिरामी एबं सर्वधारणकालाई आवस्यक सेवा दिने उद्येश्यले सहायता केन्द्रको स्थापना गरिएको हो ।
“सबै नागरिकलाई बराबरी इज्जत र सम्मान, सबै हितकारी मनहरु जुटौं, सुरु भयो कर्तव्य पथको अभियान” नारा सहित विहिबार सहायता केन्द्रको उद्घाटन गरिएको छ । कर्तव्य पथ समाजले आयोजना गरिएको उक्त अभियानको विहिबार एक कार्यक्रमका बीच साइन नेपालका अध्यक्ष एबं समाज सेवी भक्तराज जोशीले उद्घाटन गरेका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति विजय खड्काले “कर्तव्य पथको यात्रा” नाम दिदै हेल्प डेस्क स्थापना गरेर अभियानको थालनी गरेका हुन् । खुला हृदयका साथ सामाजिक सेवामा आफुलाई समर्णपन गर्न चाहने व्यक्तिहरु एक ठाउँमा उभिएर महामारीमा सेवा दिनका लागि अभियानको सुरु गरिएको कर्तव्य पथ समाजका संयोग खड्काले बताए ।
अभियानका क्रममा हेल्प डेस्कबाट जनचेतना जोगाउने, मास्क सेनेटाइजर वितरण गर्ने, अलपत्र परेका व्यक्तिहरुको उद्धार गर्ने, बिरामीहरुलाई अस्पताल सम्म पु¥याउन मदत गर्ने, कोरोना संक्रमितको मनोबल बढाउने, बिरामीको उपचारका लागि सम्बन्धित निकायलाई झकझकाउने र स्वास्थ्य गतिविधिको अनुगमन गरिने संयोजक खड्काले बताए ।
कर्तव्य पथ समाजले महामारी नियन्त्रण र समस्याका परेका नागरिकहरुलाई सेवा दिने गरी स्वच्छ सेवा भाव राखेर अभियानको सुरुवात गरिएकोले अभियानमा जोडिन सबैमा अपिल गरेको छ । ‘देशको नागरिक भैसके पछि केही अधिकारसँगै काँधमा कर्तव्य पनि हुन्छ, अभियानका संयोजक विजय खड्काले भने,‘महामारीमा समस्यामा परेका नागरिकलाई सहयोग गर्न सकियो, उपचारका लागि पहल गर्न सकियो भने एउटा कर्तव्य पुरा हुने छ । यस्तो कर्तव्य सबै स्वच्छ नागरिकको काँधमा आएकोले कर्तव्य पथको यात्रामा जोडिएर आफ्नो कर्तव्य पुरा गर्न हार्दिक अपिल गर्दछु ।’
अभियानबाट स्वास्थ्य सुरक्षाका सामग्री, औषधि, खाद्यन्न, यातायात, परामर्श लगायतका अत्यावश्यक सेवा प्रदान गरिने अभियान्ता शैलेल्द्र खड्काले बताए । अभियानका क्रममा संकलित राहत तथा सामग्री पादर्शी रुपमा प्रयोग गरिने उनले बताए । अभियानमा जोडिन चाहने समाज सेवीहरुले आफुले सकिने, आफुसँग उपलब्ध सामग्री र नगद सहयोग गर्न सक्ने अभियान्ता प्रेम खडेकाले बताए ।
हेल्प डेस्कलाई सर्जिकल मास्क र सेनेटाइजर उपलब्ध गराउँदै साइन नेपालका अध्यक्ष भक्तराज जोशीले संकटका बेला मानवीय सेवाका लागि सुवात गरिएको अभियान सर्हानीय कार्य भएको बताए । उनले अभियानमा आफ्नो पनि सहभागिता रहने र आफुबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको उद्घाटन कार्यक्रमको सञ्चालन डेउडा प्रतिष्ठान डोटीका अध्यक्ष शेर साउँदले गरेका थिए ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ४ अन्तरगत जिल्ला कै मुख्य केन्द्र दिपायलमा स्थापना गरिएको हेल्प डेस्कमा दैनिक स्वयम् सेवकहरु खटाइने कर्तव्य पथ समाजले जनाएको छ । अभियानको सुरुवातसँगै फ्रण्टलाईमा रहेर माहामारी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी, पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको थियो ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...