२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

सामाजिक क्षेत्रमा साइन नेपालको महत्वपूर्ण योगदान :- सांसद खड्का

डोटी- सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्काले सामाजिक क्षेत्रमा मानवीय सेवामा अनेकौं प्रयास कैलाली (SHINE Nepal) को महत्वपूर्ण योगदान रहेको बताए । साइन नेपालले केयर एण्ड रिलिफ परियोजना अन्तरगत डोटीको शिखर नगरपालिकामा आयोजना गरेको छाउपडी कुप्रथा विरुद्धको कार्यक्रममा बोल्दै यस्तो बताएका हु्न् ।

संस्थाले सामाजिक कुरीति, विभेद, विपद् व्यवस्थापन र महामारी नियन्त्रणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको उनले बताए । यो सँगै सामाजिक सद्भावना, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणका कार्यमा पनि संस्थाको महत्वपूर्ण योगदान रहेकोले आभार प्रकट गरे ।

मुनाफा मुलक गैर सरकारी संस्थाले सुदूरपश्चिम लगायत देशै भरी गरेको सामाजिक कार्यले समुदाय, जनतासँगै सरकारलाई पनि सहयोग पुगेको सांसद खड्काले बताए । समाजिक रुपमा ठुलो समस्या र चुनौतिका रुपमा रहेको छाउपडी कुप्रथाको अन्त्यका लागि महिलाहरु स्वयम् नै अग्रसर हुनु पर्ने र दैनिक रुपमा आफ्नो व्यवहारमा परिवर्तन ल्याउँनुपर्ने उनको भनाई छ ।

संस्थाले फान नेपालसँगको सहकार्यमा शिखर नगरपालिका–१० बान्डुग्रीसैनमा छाउपडी कुप्रथा विरुद्ध र मानव अधिकारका सम्बन्धमा सचेतना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सो वडाका चार सय महिलाहरुलाई सेनेटरी प्याड, सावुन, भित्रि बस्र, सल, स्याम्पु, निलकट लगायतका सरसफाइका सामग्री वितरण गरेको थियो ।

साइन नेपालका अध्यक्ष भक्तराज जोशीको सभापतित्व एवं प्रदेश सभा सदस्य खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो । शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी र नगर उप–प्रमुख धौली देवी रावल विषिष्ठ अतिथि रहेको उक्त कार्यक्रममा वडाध्यक्ष मिन बलायरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा साइन नेपालका कोषाध्यक्ष एवं स्वास्थ्यकर्मी मेघराज भट्टले स्वास्थ्य, महिनाबारी सम्बन्धि र फान नेपालका महासभिव एवं मानव अधिकारकर्मी खगेन्द्र ओलीले मानबअधिकार र कानुन सम्बन्धि जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख जोशीले साइन नेपालले नगरलाई विगत देखिनै सहयोग गर्दै आएकोमा धन्यबाद ज्ञापन गरे । उक्त संस्थाले कोरोना महामारी नियन्त्रण, स्वास्थ्य, शिक्षा, नगरको विकास प्रति लक्षित सुझाव सल्लाह, सामाजिक मुद्धा एवं माग अनुसारको आवस्यक सहयोग गर्दै आएको उनले बताए ।

छाउपडी कुप्रथा विरुद्धको अभियानमा आफ्नो पनि एकेवद्धता रहेको बताउँदै नगर उप– प्रमुख धौली देवी रावलले महिलाहरुको अधिकार, महिला माथि हुने विभिद्, सुत्केरी र महिनाबारी हुँदा गरिने छुवाछुतको अन्त्यका लागि आफु सधैं लागिरहने बताइन् । म हिंसा सहँदैन, म हिंसा गर्दैन, म विभेद् गर्दैन, म विभेद् सहँदैन भनि महिलाहरु अग्रसर भए यस्ता सामाजिक कुरीति र विभेदको अन्त्य सहजै हुने बताइन् । सामाजिक कुरीतिको अन्त्यका लागि पहिला आफुमा परिवर्तन ल्याउन र महिलाले महिलालाई गरिने विभेद हिंसाको अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ ।

सरसफाईका सामग्री महिला स्वयम् सेविका मार्फत हस्तानतरण गर्दै संस्थाका अध्यक्ष जोशीले छाउपडी कुप्रथा भएकाले यसको अन्त्यका लागि महिलाहरु नै अग्रसर हुुँन आग्रह गरेका थिए । संस्थाले दिएका सामग्रीहरुले सधैं नपुग्ने बताउँदै उनले बानिमा परिबर्तन गर्न, बानी पार्न, सिकाउन सामग्री हस्तान्तरण गरिएको बताए । सहभागि महिलाहरुलाई उनले महिनाबारी भएको समयमा यस्ता सामग्रीहरु प्रयोग गर्न, स्वास्थ्य सरसफाइ, खानपिन र सुरक्षित रहने गरी घरमै सुत्न आग्रह गरेका थिए ।

यो सँगै संस्थाले आइतबार सायल गाउँपालिका –६ दल्लेखमा पनि उक्त कार्यक्रमको आयोजना गरेको थियो । सो कार्याक्रममा त्यहाँका तीन सय महिलाहरुलाई सामग्री वितरण गरेको थियो । त्यस्तै बाजुरा जिल्लाका बडीमालिका र बुढीगङ्गा नगरपालिकामा पनि हालै सोही कार्यक्रम गरिएको थियो भने त्यहाँका ७ सय जना महिलाहरुलाई सरसफाइ सामग्री वितरण गरिएको थियो ।

केयर एण्ड रिलिफ परियोजना सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका गरी १२ वटा स्थानीय तहमा सञ्चालनमा रहेको छ । छाउपडी कु प्रथा विरुद्धको सचेतना अभियान सँगै संस्थाले फान नेपाल सँगको सहकार्यमा मानव अधिकार सम्बन्धी पनि सचेतना कार्यक्रम गर्दै आएको छ ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ चैत्र १०

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP