डोटी- एकल महिलाहरूको वतर्मान सवालहरूमा पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला समुह (डब्लुएचआर)को आयोजनामा डोटीका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
जिल्लामा एकल महिलाहरूको वतर्मान अवस्था दयनिय रहेको मानव अधिकारका लागि महिला एकल महिला समुहका अध्यक्ष सरिता श्रष्ेठले बताइन् । उनले मिडियामा एकल महिलाहरुका सवाल कमै मात्रामा उठ्ने गरेकाले मिडियाकर्मीले विशेष प्राथमिकतामा राखेर सवाल उठाइदिन आग्रह गरिन् ।
कार्यक्रममा पत्रकारहरुले महिलाको वर्तमान अवस्था, संख्या, समस्या र सामाजिक विभेदका विषयको पहिचान गरी मिडियालाई जानकारी गराए ति सवालहरु उठाउन सजिलो हुने बताए । पत्रकार महासघं डोटी शाखाका अध्यक्ष यागेन्द्र बलायरले एकल महिलाहरूको अवस्थाबारे तथ्यांक र सवालहरूको पहिचान गर्नुपर्ने बताए । उनले एकल महिलाका क्षेत्रमा कार्यरत संस्था र पत्रकारहरू गम्भिर रूपमा एकमत भएर सहकार्यमा काम गर्दा प्रतिफल मिल्ने बताए ।
एकल महिलाको क्षत्रेमा कायर्रत मानव अधिकारका लागि महिला, एकल महिला समहुले डोटीमा एकल महिला तथा जनप्रतिनिधिहरुको सशक्तीकरणमा भुिमका खेल्दै आएको छ । समहुले पूर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिका गरी १६ वटा सहमुह गठन गरेर काम गर्दै आएको कार्यक्रम संयोजक लक्ष्मी देउवाले बताइन् ।।
कार्यक्रमका सहभागिहरुले सिमित समय, सिमित बजेट र सिमित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा सबै एकल महिलाहरुलाई समेट्न नसकिने बताउँदै स्थानीय सरकार मिडियासँग समन्वय गरेर काम गर्न सुझाम दिएका थिए ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...