२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday

कम्युनिष्ट सरकार असंवैधानिक र अनैतिक कार्यमा सक्रिय : क्षेत्रीय सभापती खड्का

दलबहादुर देउवा, सायल- नेपाली कांग्रेसका क्षेत्रीय सभापती विजय खड्काले कम्युनिष्ट सरकार असंवैधानिक र अनैतिक कार्यमा सक्रिय रहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस सायल गाउँपालिका समितिले ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

वर्तमान कम्युनिष्ट नेतृत्वको सरकार र तिनका नेताहरु सरकार सञ्चालनको सुरुवात देखि नै असंवैधानिक र अनैतिक कार्यमा सक्रिय रहेको नेता खड्काले बताए । असंवैधानिक तवरले विधेयक ल्याउने देखि संसद विघटन गर्ने जस्ता कार्यसँगै भ्रष्टाचार, अनियमितता, अपराधि संरक्षण, बलातकार, हिंसा जस्ता अनैतिक कार्यमा मात्रै वर्तमान सरकार उदृत रहेको उनले बताए ।

कम्युनिष्टले नेतृत्व गरेका वडा, पालिका, प्रदेश र संघ सरकारमा भ्रष्टाचार संस्थागत नै भएको नेता खड्काले बताए । देशमा आमुल परिवर्तन र स्थायी सरकारको अपेक्षा गरेर झण्डै तुई तिहाइ मत दिने मतदाताको समेत घोर अपमान गर्दै कम्युनिष्टले देशलाई दुर्घटनामा पारेको उनको भनाई छ ।

पद र पावरको दुरुपयोग गरेर अपराधि बचाउँने, भ्रष्टाचार गर्ने, राष्ट्रसेवक कर्मचारीलाई फरक आस्था राखेकै कारण दुःख दिने, मिडिया, न्यायालय, अख्तियार जस्ता स्वतन्त्र अंकहरु कब्जा गर्ने, संविधान माथि नै कु गर्ने क्रियाकलापले कम्युनिष्टहरु पतको बाटोमा रहेको क्षेत्रीय सभापति खड्काले बताए ।

अब कांग्रेस गुट र उप गुटको आधारमा नचल्ने बताउँदै उनले कांग्रेस माथि देखि तलसम्म एक ढिक्का भएर वर्तमान असाधारण परिस्थितिको सहजिकरण गर्न लाग्नु पर्ने बताए । अहिलेको अवस्थामा व्यक्तिको कुरा, गुटको कुरा नभएर राष्ट्र र संविधानको रक्षाको कुरा भएकाले एक ढिक्का भएर एक ठाउँमा उभिनु पर्ने उनको भनाई थियो ।

कांग्रेसले वडा देखि केन्द्र सम्म पार्टीलाई बलियो र एक ढिक्का बनायर लगिने बताउँदै नेता खड्काले प्रजातान्त्रीक ढंगबाट क्रियाशिल सदस्यता वितरण गरिने बताए ।

कांग्रेस गाउँपालिकाका सभापति तेजराज ओझाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेताहरु डम्बर बिक, गाणेश बहादुर बोकटी, दुर्गा देवी शर्मा , धर्मराज जोशी लगातले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३६ जना कांग्रेस प्रवेस गरेका थिए । नव प्रवेसीहरुलाई क्षेत्रीय सभापति खड्काले सदस्यता सहित स्वागत गरेका थिए । क्रियाशिल सदस्यता वितरण कार्यक्रमलाई तिव्रता दिइने सायल कांग्रेसले जनाएको छ ।

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७७ पुष १७

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP