२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

केआईसिंहमा मेलमिलाप दिवस: मेलमिलापको सान्दर्भिकता अझैं आवस्यक

मोहन पनेरू, डोटी- केआईसिंह गाउँपालिकामा ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ । कांग्रेसले हरेक वर्ष देशै भर मनाउँदै आएको मेलमिलाप दिवस केआईसिंह गाउँपालिका समितिको आयोजनामा मनाईएको हो ।

कार्यक्रम तथा क्रियाशिल सदस्यता विरणका लागि डोटी कांग्रेसले प्रतिनिधि पठाएका जिल्ला सदस्य जीतबहादुर खड्काको सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महाधिवेसन प्रतिनिधि तथा केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही प्रमुख अतिथि थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले कम्युनिष्टहरुलाई जनमत नपचेको बताए । उनले भने,‘ जनताले ५ वर्षका लागि चलाउनुस् भनेर कम्युनिष्टलाई देश सुम्पिए, कांग्रेसलाई प्रतिपक्षमा बस्न आह्वान गरे तर कम्युनिष्ट आफै फेल भयो सरकार, सत्ता र देश चलाउँन सक्ने क्षमता यिनिहरुमा छैन भन्ने प्रष्ट भयो । यिनिहरुले सत्तामा रहेर अनैतिक गतिबिधि मात्रै गरे, यिनलाई जनमत पचेन ।’

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर प्रवासी जीवन त्यागेर भारतबाट नेपाल आएको सम्झनामा यसपटक पनि डोटी लगायत देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाईएको छ ।

कार्यक्रममा बोल्दै नेता खड्काले बिपिले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले उत्तिकै सान्धर्भिक आवस्यक रहेकाले आत्मासाथ गर्न जरुरी रहेको बताए । उनले मुलुकलाई राष्ट्रिय एकता र मेलमिलापमा जोड्न पहिला कांग्रेस एक ढिक्का हुनुपर्ने बताए । अहिलेको अवस्थामा कांग्रेस एकजुट भएर अगाडी बढ्न नसके मुलुक ठुलो दुर्घटनामा पर्ने भएकाले सचेत रहनु पर्ने अवस्था आएको नेता खड्काले बताए ।

कम्युनिष्टहरुले असंवैधानिक कदम चालेर देलाई दुर्घटना तर्फ धकेलेको बताउँदै खड्काले देशलाई र जनतालाई कांग्रेसको आवस्यकता खट्कीएको बताए । उनले जनताले पुनः कांग्रेसलाई विश्वास गरेर मुलुक संकटबाट जोगान आह्वान गरिरहेको बताए । कांग्रेसले आफ्नो, क्षमता, दक्षता, बौद्धिकता, शक्ति र जनविश्वास लिएर कदम चाल्न नसके मुलुकमा पुनः द्वन्द्व चर्किन सक्ने भएकाले कांग्रेस मुलुक जोगाउँन अग्रपंतिमा हिड्नु पर्ने उनको भनाई छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ पुष १७

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP