
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले माफी मागे केन्द्रीय सदस्य पद दिने बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार भृकुटीमण्डमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले गल्ती स्वीकार गरेर माफी मागे केन्द्रीय सदस्य पद दिइने बताएका हुन् ।
ओली सुध्रिने आशा गरेर केन्द्रीय कमिटीले अनुशासनको कारबाहीमात्र गरेको उनको भनाइ थियो । “अझै सुध्रिने आशा गरेर अनुशासनको कारबाही गरेका छौं । केन्द्रीय सदस्य पद बाँकी नै छ,” अध्यक्ष नेपालले भने, “माफी मागेर आउनुहुन्छ भने हामी स्वीकार्छौं ।”
उनले प्रधानमन्त्री ओलीको आयु पुगिसकेको पनि दाबी गरे । “निरंकुश बाटो समातेका केपी ओली एन्ड प्रवृत्तिको आयु सिद्धियो अब,” नेपालले भने ।
उनले विगतमा प्रधानमन्त्री ओलीले गणतन्त्रको आन्दोलनलाई खिसिटिउरी गरेको स्मरण गर्दै भने, “बयलगाडा चढेर वासिङ्टन पुग्न सकिदैन महामहिम केपी शर्मा ओलीजीले बोल्नुभएको थियो ।”
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...