२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

नवनियुक्त वन मन्त्री आले प्रति भीम रावलको कटाक्ष : ‘चोरलाई साँचो’

कैलाली- नेकपा स्थायी कमिटि सदस्य भीम रावलले हालै प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रीमण्डलप्रति आपत्ति जनाएका छन् । प्रचण्ड–माधब समुहका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका रावलले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै आपत्ति जनाएका हुन् ।

नेता रावलले नेकपा (प्रचण्ड–माधव) समूहले आयोजना गरेको विरोध सभामा डोटीबाट निर्वाचित नवनियुक्त वन मन्त्री प्रेम आलेमगरलाई इंगित गर्दै ओलीले चोरलाई साँचो सुम्पेको आरोप लगाएका हुन् । ‘चोरलाई साँचो दिइएको छ, जसले राज्यको हित होला कि दोहन ?’ रावलले प्रश्न गरे ।

रावलले कर्तव्यच्युत भएकाहरु पनि गुलियो चाट्नका लागि मन्त्री भएका बताएका छन् । उनले भने,‘प्रतिनिधि सभा सदस्यसमेत नरहेका कतिपय व्यक्तिहरु गुलियो चाट्न लज्जापूर्वक मन्त्री भएका हुन ।’ उनले वर्तमान सरकारले कतिपय व्यक्तिलाई चोरलाई साँचो दिए जस्तो मन्त्री पद् दिएको टिप्पणी गरे ।

पछिल्लो समय वन मुद्दामा मुछिएका आले वन मन्त्रीमा नियुक्त भएपछि सर्वत्र टिकाटिप्पणी भैरहेको छ ।

रावलले अहिलेको केपी ओलीको क्रियाकलाप हेर्दा उनको पतन र अन्त्येष्टीको पुर्व सुचना रहेको समेत बताएका छन् । नेता रावलले भने,‘कुनै वेलाका मेरा अध्यक्ष केपी ओली पतनको बाटोमा हिडेका छन्, उनको अबस्था हेर्दा रुन मन लागेको छ, तर रुन सक्दैन ।’ जनताको मतले बनेको प्रतिनिधि सभालाई असंबैधानिक तरिकाले बिघटन गरेका प्रधानमन्त्री ओली एक पछि अर्को गल्ती गर्दै पतनको बाटोमा हिडेका नेता रावलले बताए ।

नेता रावलले भने,‘विना कारण कसैसंग सल्लाह नगरी पदको लोभमा केपी ओलीले प्रतिनिधि सभा बिघटन गरे, यसको उनले ठुलो मुल्य चुकाउनु पर्नेछ, नेपाली जनताले उनलाई माफि दिने छैनन् ।’ पुस ५ गतेको दिन नेपालको ईतिहाँसमा कालो दिनका रुपमा चिनिएको बताउँदै नेता रावलले भने–‘प्रचण्ड र माधब नेपाललाई पदको लोभि भन्ने केपी ओलीले आफ्नो पद बचाउन देशलाई बर्बाद पारे, उनी भन्दा लोभि अरु को हुनसक्छ ।’

प्रधानमन्त्री केपी आलीका हरेक असंबैधानिक कदमलाई आँखा चिम्लेर साथ दिएको बताउँदै राष्ट्रपति बिद्यादेबी भण्डारीलाई नेता रावलले भने–‘यदि तपाईलाई कुनै पार्टीको गुट चलाउने मन छ भने सितल निवास छोडेर झापा वा भोजपुर जानुस, संबिधानको अबज्ञा नगर्नुस, मेरो जस्तै खुलेर सडकमा आउनुस ।’ नेता रावलले प्रतिनिधि सभा बिघटन हुनु अघि ८३ जना सांसदको हस्ताक्षर सहितको समाबेदना लिएर राष्ट्रपति कार्यालय गएको स्मरण गर्दै भने,‘ दिनभर कुर्दा पनि निवेदन नै नलग्ने कसरी जनताका वा सबैका राष्ट्रपति भए ।’

प्रधानमन्त्री केपी ओलीले पार्टी, जनता, संबिधान केही पनि नमानेको बताउँदै नेता रावलले उनमा राज्य नै मै हु भन्ने घमण्ड पलाएको बताए । नेता रावलले गणपुरक संख्या नै नपुगी वालुवाटारमा बसेको भनेको केन्द्रिय कमिटी बैठकले गरेको निर्णय हाँस्यास्पद रहेको र आधिकारीक नेकपा आफुहरु रहेको बताए ।

बिरोध सभा अघि सरकार र प्रधानमन्त्री केपी ओली बिरुद्ध नाराजुलस सहित ¥याली निस्किएको थियो ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ पुष १४

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP