२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

कम्युनिष्टहरु प्रजातन्त्र र जनताका दुश्मन हुन्ः नेता महर

डडेल्धुरा- नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले कम्युनिष्टहरु प्रजातन्त्र र जनताको दुश्मन भएको बताएका छन् । संसद् विघटनविरुद्ध नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेकोे विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस युवा नेता महरले कम्युनिष्टहरु एमाले, बिमाले, माले मण्डले सबै एउटै भएको बताएका हुन् ।

‘सबै कम्युनिष्टहरु एकै भएकाले हाम्रो नजरमा हरेक कम्युनिष्ट प्रजातन्त्र र जनताका दुश्मन हुन्, उनले भने,‘कम्युनिष्टहरु जनताको आँखामा छारो हालेर सत्तामा पुगे अनि तिनै जनता माथि बुट बजार्ने काम गर्दैछन् । यिनै कुराहरु लाई नङ्ग्याउनका लागि, कम्युनिष्ट व्यविचारको अन्त्यका लागी, कम्युनिष्ट सर्व सत्तावादको अन्त्यको लागि हामि आन्दोलित भएका छांै । जनताको आन्दोलन अगाडी बढेको छ ।’

‘यो नेपाली कांग्रेसको मात्रै विरोधसभा होईन,उनले भने,‘जनताको विरोधसभा हो । नेपालको राज्य व्यवस्था, नेपालको सरकार, नेपालको समपुर्ण समृद्धि नेपाली जनताको सरोकारको विषय हो । त्यस कारण जनताको प्रतिनिध पात्रका रुपमा नेपाली कांग्रेस पार्टी अग्रमोर्चामा उभिएका कारण, संसदको प्रमुख प्रतिपक्ष भएका कारण हामिले जनताका सरोकारका विषयमा बोल्नु पर्छ । नेपालका कुनै पनि कम्युनिष्टका नाममा हामि यो वा त्यो भन्दैनौ नेता महरले भने ।

उनले थपे, हिजो प्रचण्डको अद्रायी कदमका विरुद्धमा हामि थियौ । माधव नेपालको निरंकुताका विरुद्धमा हामि थियौ । अहिले आएर केपि ओलीको निरंकुताका विरुद्धमा हामि छौ ।

कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्नु पुर्व ७७ वटै जिल्ला सदरमुकाममा गत मंसिर २९ गते विरोधसभा गरेको बताउदै उनले कुरा केपि ओलिको मात्रै नभएको औल्याए । संसद विघटनको मात्रै पनि होईन । उनले भने, आज भन्दा करिब तिन वर्ष अगाडी हामिले एमाले र माओवादीको गठबन्धन लाई अप्राकृतिक भनेका थियौ । त्यति बेला जनता समक्ष सामान्य कुरा पु¥याउन सकेनौ ।

त्यो गठबन्धनले हिजो नताका आँखामा छारो हालेर । देशको समृद्धिका लागी समृद्ध नेपाल सुखि नेपालीको नाराले करिब करिब दुई तिहाई मत प्राप्त गरि सत्तासिन हुन पुग्यो । त्यस पछाडी कम्युनिष्टले भनेका एक कुरा पनि पुरा भएन्न । म आज यहाँ अग्रमोर्चमा रहेर कसम खाएर भन्दै छु । आफ्नो घोषणा पत्रमा लेखिएको एक प्रतिशत पनि काम गर्नु भएको छ ? म ९९ प्रतिशत भनिरहेको छैन । एक प्रतिशत काम पनि भएको छ भने हामि राजनिति बाट जोगि, सन्यासी बन्न तयार छौ ।

कम्युनिष्टको सरकारको बेला भ्रष्टाचार, हत्याहिंसा, बलत्कारका घटना मात्रै भएको उनले बताए । पछिल्ला तिन वर्षमा १४ हजार बढी महिला ंहिंसाका शिकार भएका छन । खर्बाैको भष्टाचार भएको छ । गनेर साध्य छैन । उनले भने, काण्डै काण्डको चांङमा केपि ओलिको सरकार बसेको छ । शासन व्यवस्था दिनानुदिन अनुदार बन्दै गयो । आफु भन्दा फरक विचार राख्ने, कम्युनिष्ट भन्दा फरक विचार राख्ने कांग्रेस मात्र होईन अन्य पार्टीका नेता कार्यकर्तालाई समेत लखेट्न थालियो । त्यसैको एक उदाहरण तनहुको घटना थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल माथि दमन गरिएको घटना ।

यो १६५ क्षेत्रमा गरेको विरोधले वर्तमान सरकारको दमन नरोकिने उनले बताए । हामि लाई विश्वास छैन । उनले भने, हामि केवल सम्मानित सर्वाेच्च अदालतको फैसलामा विश्वास राख्दछौे । सर्वाेच्चको निर्णय हामि लाई सिरोधार्य छ । केपि ओलीको सरकारले निर्वाचन सम्पन्न गर्छ कि गर्दै भन्नेमा पनि हामि द्धिविधामा छौ । त्यस कारण जहिले सम्म नयाँ निर्वाचन सम्पन्न हुदैन । निर्वाचनको स्वच्छ वातावरण बन्दैन । यो जनताको आन्दोलन रोकिने छैन । यो आन्दोलन कांग्रेसको मात्र होईन । कांग्रेस त संयोजक मात्रै हो । त्यस कारण जनताले आन्दोलन रोक्ने वाला छैन्न ।

अब कांगेस ७५३ वटै पालिकामा जाँने उनले बताए । ६ हजार सात सय ४३ वटा देशभरका वडामा नेपाली कांग्रेसको झण्डा फहराएर जनताका पक्षमा आवाज उठाउदै छौ । त्यसका लागी एक पटक फेरी सबै नेपालीले उठ्नु पर्ने बेला आएको उनको भनाई छ ।
हामिले हिजो भन्यौ । आज पनि भन्दै छौ । हाम्रा पार्टिका सभापतीले भन्नु भएको थियो । उनले भने, कम्युनिष्ट शासन आयो भने रुन पनि पाईदैन, हाँस्न पनि पाईदैन । केही दिन अगाडी हामि त्यही अवस्थामा थियौ । सरकारले घोक्रेठ्याक लगाएको थियो । हजारौ जनता कोरोनाको महामारि बाट मरेका छन । बाढी पिडित बाट पाँच सय बढी जनताले ज्यान गुमाएका छन । कतिपय बाढी पहिरोमा पुरिएकाहरुको शव अहिले सम्म पनि मिलेको छैन । तर सरकार बालुवाटारमा कम्युनिष्ट पार्टीको नेता प्रचण्डले बढी खानेकी, केपि ओलिले बढी खाने वा केपि ओली नजिकका मान्छेले बढी लिने कि माधव नेपालका नजिककाहरुले बढी लिने भन्नेमै लडाई गरि रहेको छ ।

जनताले तिरो तिरेको पैसामा भ्रष्टाचारको रजगँज को ले गर्ने भन्ने बिषयमा कम्युनिष्ट पार्टी आजका दिन सम्म तिन वर्ष यता प्रधानमन्त्रिको सरकारी निवासमा पार्टीको कार्यालय बनाएर बसेको उनले बताए । यस कारण केपि ओलीको असंवैधानिक र अप्रजातान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस छ । रहि रहने छ । र यसको हामि देशैभर विरोध गर्ने उनले बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ पुष १३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP