२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

पूर्वमन्त्री बलायर सहित डोटी कांग्रेस बजार सरसफाईमा (भिडियो सहित)

डोटी– जिल्लाको मुख्य व्यापारीक केन्द्र दिपायल बजार सरसफाई गरिएको छ । सोमबार दिपायलमा कांग्रेसले सरकार विरुद्ध आयाजना गर्न लागेको विरोध प्रदर्शन तथा विरोध सभाको पुर्वसन्ध्यामा नेपाली कांग्रेस डोटीले बजार क्षेत्र सरसफाई गरेको हो ।

कार्यक्रमको पूर्व सन्ध्यामा दिपायलमा भेला भएका कांग्रेसका नेता कार्यकर्ताहरुले बजार क्षेत्र दुर्घन्धित देखेपछि सरसफाई गरेका हुन् । पूर्वमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले बजार क्षेत्र दुर्घन्धित रहेको भन्दै आफै झाडु र सरसफाइका सामान लिएर बजार क्षेत्रमा जुटेपछि कांग्रसका नेता कार्यकर्ताहरु सबै सरसफाईमा जुटेका हुन् ।

सरसफाईमा केन्द्रीय सदस्य सहित पार्टी सभापति, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य लगायतका नेताकार्यकर्ताहरु मिलेर पुरै बजार क्षेत्र सरिक थिए ।

पूर्वमन्त्री बलायरले कम्युनिष्ट सरकारको ज्यादती बिरुद्ध सोमबारबाट कांग्रेस सडकमा उत्रन गइरहेकाले कोभिड १९ को संक्रमणबाट बच्न सरसफाई गर्नु परके बताए । ‘कोभिड १९ बाट बच्न बिश्वव्यापी मान्यताहरुलाई पनि आन्दोलनका क्रममा ध्यान दिनुपर्छ भन्ने सन्दशे हो’, बलायरले भने,‘दिपायल सिलगढी नगरको लापरबाहीले अहिलेसम्मकै बढी फोहोरे दख्ेदा भोलिदेखि सुरु हुने आन्दोलनका सहभागिलाई सुरक्षित बनाउन नगर सरसफाई गरिन लागिएको हो ।’ आन्दोलनबाट कांग्रेसले कम्युनिष्ट सरकारलाई घुडा टेक्न बाध्य पार्ने समेत बलायरले बताए ।

नेपाली कांग्रेस डोटी र भातृ संगठनको आयोजनामा जिल्लाभर राके जुलुस, सरसफाई, मोटरसाइकल ¥याली सहित सिट्ठी जुलुसको आयोजना गरिएको नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले बताए । सोमबारको विरोध प्रर्दशन र विरोध सभामा हजारौंको संख्यामा नेताकार्यकर्ताहरुको सहभागिता रहने देउवाले जानकारी दिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर २९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP