२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कांग्रेस नेता दीर्घ बलायरलाई मातृ शोक

डोटी- नेपाली कांग्रेसका युवा नेता दीर्घ बलायरलाई मातृ शोक परेको छ ।

नेपाली कांग्रेस डोटी काठमाण्डौं सम्पर्क समितिका सभापति तथा सिताराम तेज स्मृती प्रतिष्ठानका अध्यक्ष बलायरकी आमा हरिनादेवी बलायरको ७४ वर्षको उमेरमा निधन भएको हो ।

शिखर नगरपालिका वडा नं. १० बानडुग्रीसैन निवासी बलायरकी आमाको गय राती २ बजेको समयमा निधन भएको हो । परिवार स्रोतका अनुसार उनमा ब्लड प्रेसरको समस्या रहेको थियो ।

पार्थिव शरीरको बिहीबार अन्तिम श्रद्धाञ्जलि अर्पणसहित सेती नदी (सेती आर्यघाट) मा हिन्दुपरम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायर, जिल्ला सचिव नारायण जोशी, नगर प्रमुख सिताराम जोशी, पत्रकार महासंघका अध्यक्ष योगेन्द्र बलायर, शिखर नगरपालिका अन्तरगतका वडाध्यक्ष, नेविसंघका नेता विजय ओझा तथा अन्य नेताकार्यकर्ताहरुले आर्यघाटमै पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर २५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP