२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

जोरायल गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा खड्का

सरकारकै कारण चिहानबाट राजतन्त्र फर्काउने दुष्प्रयास

डोटी– राष्ट्रिय जनमोर्चा डोटीले जोरायल गाउँपालिकामा आफ्नो संगठन विस्तार गरेको छ । मंगलबार जोरायलमा आयोजित बिषेश कार्यकर्ता भेलाले मानबहादुर खड्काको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

राष्ट्रिय जनमोर्चाका प्रदेश कोषाध्यक्ष तथा डोटी जिल्ला सचिव केशवनाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाबाट उपाध्यक्षमा तारा प्रसाद भट्ट, सचिवमा दिपक बिक, कोषध्यक्षमा यमुना बिक, सह–सचिवमा रमेश पातली चयन भएका छन् ।

गाउँपालिका स्तरीय उक्त समितिको सदस्यमा तारा कपड्याल, राम बहादुर खड्का, यदुनाथ अवस्थी, कमल भण्डारी, भिम बहादुर खड्का, उज्जर सिंह मगर र पुष्कर भट्ट चयन भएका हुन् ।

राष्ट्रिय जनमोर्चाले यस अघि केआईसिंह गाउँपालिकामा पनि आफ्नो संगठन विस्तार गरेको थियो ।

समिति गठन सँगै विरोध सभाको पनि आयोजना गरिएको जनमोर्चा डोटीले जनाएको छ । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौ, प्रदेश सरकार खारेज गरौँ, बढ्दो महँगी, भ्रष्टाचारको अन्त्य गरौं भन्ने नारा सहित विरोध सभा आयोजना गरिएको हो ।

विरोध सभालाई सम्वोधन गर्दै प्रदेश कोषाध्यक्ष तथा जिल्ला सचिव योगीले देश र स्थानीय तहमा हुने भ्रष्टाचार, बढ्दो महँगीका बिरुद्ध, गणतन्त्रको रक्षाका लागि संगठित भएर व्यापक कार्यक्रम गर्ने र पार्टीका गतिविधिलाई अगाडी बढाउँने गरेर जिल्लाभर संगठन विस्तार भैरहेको बताए । जिल्लामा राष्ट्रिय जनमोर्चा प्रति जनताको बढ्दो विश्वास र आकांक्षालाई मध्यनजर गर्दै जिल्लाका नौ वटै स्थानीय तहमा संगठन विस्तार गरिने उनले बताए ।

सरकारकै कारण चिहानबाट राजतन्त्र फर्काउने दुष्प्रयास

नेकपा नेतृत्वको वर्तमान सरकारका गलत गतिविधिका कारण गणतन्त्र संकटमा परेको योगीले बताए । चरम भ्रष्टाचार, प्रदेश सरकारको आर्थिक व्ययभार, न्यायालय, अख्तियार, प्रशासन, मिडिया लगायतका स्वतन्त्र अंगमा सरकारी हस्तक्षप लगायतका कुरा मुलुकले थेग्ने नसकेको र जनताले सहन गर्न नसकेको कारण सडकमा राजाबादी सलबलाएको उनको ओरोप छ ।

‘वर्तमान नेकपा नेतृत्वको सरकारका गतिबिधि ठिक छैनन्, योगीले भने,‘मुलुकमा भ्रष्टाचार मौलाएको छ ।, न्यायालय, अख्तियार, प्रशासन, मिडिया लगायतका स्वतन्त्र अंगमा सरकारी हस्तक्षप छ ।, प्रदेश सरकारका कारण थेगि नसक्नुको व्ययभार छ ।, जनताले सहन गर्न सकेका छैनन्, त्यसैले चिहानबाट निरंकुसताले ओतप्रोत राजतन्त्रलाई पुनः सिंहदरवारमा पु¥याउने दुष्प्रयास भैरहेको छ ।’

सरकारका गलत प्रवृतीका कारण सरकारी गलत कार्यको फाइदा उठाएर अप्रगतिशिल तत्वले मुलुकमा हिंसा भड्काउन खोजेको बताउँदै योगीले सर्वप्रथम सरकार सच्चिनु पर्ने र जनता चनाखो बन्नु पर्ने बताए । जनताले बलिदान दिएर फालेको राजतन्त्रका नाममा बिभिन्न आन्तरिक र बाह्य शक्ति केन्द्रहरूले चलखेल गरिरहेकाले पनि देशभक्त नागरिकहरु सचेत हुने बेला आएको उनको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष तारा प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई युवक संघका केन्द्रीय सचिव प्रशान्त थापा, गाउँपालिका सचिव दिपक बिक, अखिल छैठौ घनटेश्वर बहुमुखी क्याम्पस अध्यक्ष यमुना बिक लगायतले सम्बोधन गरेका थिए ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर २३

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर २३

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर २३

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP