काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरूपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका हुन्। जनताले राजालाई ल्याउनुपर्ने भन्दै उनले अघि भने, ‘राजा आऊ देश बचाउ होइन, जनता आऊ राजा ल्याऊ देश बचाऔँ भनौं ।’
राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे । उनले चुनाव चिन्ह हलो भएकोमा दुःख मनाउ गर्नुपर्ने अवस्था नभएको समेत बतँएका छन् । ‘हिन्दु राष्ट्रको नारा बोकेकाले गाई चुनाव चिन्ह चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार गर्यौं । हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्व छ,’ उनले थपे, ‘हलो भनेको भगवान बलरामको प्रतीक हो । हामिले यो चिन्ह कायम गर्ने सौभाग्य पायौं, यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन ।’
अर्का अध्यक्ष पशुपति शमशेर जबराले सरकारले सिन्को पनि नभाँचेको आरोप लगाए । ‘मुलुक अहिले नराम्रो अवस्थामा छ । दुई तिहाई सरकार दुई वर्षमा दिशाहीन उपलब्धिहीन बाटोमा छ । सरकारले सिन्का भाच्न सकेको छैन,’ उनले भने, ‘सरकारसँग केही ठोस बाटो छैन । काण्डको नाम लिन साध्य छैन ।’
यस्तै अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसकमा पनि एउटा समूहको जस्तो मात्र देखिएको आरोप लगाएका छन् । ‘नेपालका लागि, संवैधानिक राजतन्त्रको आवश्यकता रहेको भन्दै उनले भने, ‘राष्ट्रपति एउटा पार्टीमा एउटा गुटका भए । सरकारको आफ्नालाई मात्र हेर्यो ।’
पूर्वप्रधानमन्त्री लोकेन्ऽबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए ।
चारुमतीस्थित पार्टी कार्यालयमा पार्टीको झण्डोत्तोलन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गरेका थिए भने चुनाव चिन्ह अध्यक्ष त्रयकमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्ऽ लोहनीबाट सार्वजनिक गरेका छन् ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...