२०७७ चैत्र ३१, मंगलवार
April 13, 2021, Tuesday

कडा सुरक्षा सहित नेकपा स्थायी कमिटी बैठक सुरू : प्रधानमन्त्री अनुपस्थित

काठमाण्डौं– प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुउपस्थितिमा नेकपा स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षा घेराबिच सुरू भएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको बताईएको छ । नेकपाले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने उल्लेख गरे पनि ओली बैठकमा उपस्थित नहुँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु गरिएको छ ।

स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली तैनाथ गरिएकोछ । सो क्षेत्रमा तालिम प्राप्त कुकुर, बम डिटेक्टरसहितको सुरक्षा टोली समेत परिचालन गरिएको छ ।

बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुने जनाइएको छ ।

Related News

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर २१

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

विद्यालयलाई कम्प्युटर, प्रशिक्षार्थीलाई सिलाइ मेसिन
विद्यालयलाई कम्प्युटर, प्रशिक्षार्थीलाई सिलाइ मेसिन
  • २०७७ मंसिर २१

डोटी– आदर्श गाउँपालिकाका दुई वटा विद्यालयलाई कम्प्युटर र प्रिण्टर वितरण गरिएको छ । आदर्श गाउँपालिका वडा नं. ४ देहिमाण्डौंको प्रभात...

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ मंसिर २१

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

TOP