काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिका लागि मनाउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओली निकटका नेताहरुले भेटघाट तीव्र बनाएका हुन्।
सत्तारुढ नेकपाभित्र देखिएको विवाद उत्कर्षमा पुगेका बेला नेताहरुले अनौपचारिक छलफल तीव्र पारेका छन्।
शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल दाहाल निवास खुमलटार पुगेर छलफल गरेका छन्।
दाहाल निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सन्देश लिएर पुगेका पोखरेलले करिब आधा घन्टा छलफल गरेका थिए।
यसअघि बिहीबार नेकपाका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दाहालसँग छलफल गरेका थिए।
नेम्वाङसँगको भेटमा दाहालले आफू सहमतिकै आधारमा छलफल गरेर अघि बढ्ने मनस्थितिमा रहेको बताएका थिए।
शनिबार दिउँसो १ बजे नेकपाको सचिवालयको बैठक बस्दै छ। त्यसको पूर्व सन्ध्यामा नेताहरुबीच छलफल र भेटवार्ता बाक्लिएका छन्।
प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्।
प्रधानमन्त्री ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...