२०७७ माघ ५, सोमबार
January 18, 2021, Monday

सडक आन्दोलनसँग मेरो साइनो छैन : पूर्वराजा

काठमाडौं । पछिल्लो समय सत्तारुढ नेपाल कम्यनुस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेपछि असन्तुष्टि व्यापक बढेको छ । सरकारले कोरोना महामारीको अवस्थामा पनि जनतालाई नहेरेको भन्दै लकडाउनकै समयमा पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै आन्दोलनहरु भएका थिए ।

दसैंपछि उक्त आन्दोलनहरुको स्वरुप, पात्र र नारा पनि फेरिए । देशभरका प्रमुख सहरहरुमा ‘राजा आऊ, देश बचाऊ’ भन्‍ने नारा लागिरहेका छन् । प्रमुख सहरहरुमा चलिरहेको आन्दोलनको बृहत स्वरुपमा मंसिर २० गते शुक्रबार काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गरिने भएको छ ।

‘राष्ट्रिय नागरिक आन्दोलन २०७७’ नाम दिइएको यस आन्दोलनको संयोजन अधिवक्ताहरू सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गरिरहेका छन् । शुक्रबार नै प्रदेश १ को झापामा पनि त्यस्तै खालको आन्दोलन हुने भएको छ । झापाको आन्दोलनको सहभागी राप्रपाका सांसद राजेन्द्र लिङ काँकडभिट्टादेखि झापा सदरमुकामसम्म ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाउँदै मोटरसाइकल र्‍यालीको तयारी गरिएको छ ।

मंसिर २० मा हुने आन्दोलनका मुख्य चार एजेन्डाहरु तय गरिएका छन् । जसमा २०७२ को संविधान खारेज, भ्रष्टाचारको अन्त्य, नागरिकतन्त्रसहितको राजसंस्था स्थापना र धर्मसापेक्ष मुलुक स्थापना रहेका छन् ।

दसैंअघि कात्तिक ६ गते दसैंको शुभकामना दिँदै पूर्वाराजा ज्ञानेन्द्रले वर्तमान शासनप्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले भनेका थिए, “कोरोना महामारीले सम्पूर्ण नेपाल जनतामा तनावको परिस्थिति सिर्जना गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।”

उनले ‘जनता यो शासन व्यवस्थासँग निराशमात्रै नभइ उनीहरूमा नयाँ अभिभावकको आवश्यकता महसुस भइसकेको’ समेत बताएका थिए । त्यसलगत्तै दसैंपछि ‘राजा आऊ, देश बचाऊ’ भन्‍ने आन्दोलन बुटवल, धनगढीलगायतका सहरहरुमा भएका थिए ।

सडकमा राजा फर्काउन आन्दोलन गरिरहेका भए पनि पूर्वराजा ज्ञानेन्द्रले भने उक्त आन्दोलनसँग आफ्नो कुनै साइनो नभएको स्पष्ट पारेका छन् । पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिनाले ‘सडकमा चलिरहेको अहिलेको राजा ल्याउने आन्दोलनसँग ज्ञानेन्द्र सरकारको कुनै सम्बन्ध नभएको’ बताएका छन् ।

उनले भने, “अहिले सडकमा भइरहेको आन्दोलनहरु कहाँबाट किन र कसरी भइरहेका छन् भन्‍ने कुरामा नागर्जुन अनविज्ञ छ । ज्ञानेन्द्र सरकारको भनाइ पनि यही नै हो। यो आन्दोलन हामीसँग सम्बन्धित छैन ।”

यो आन्दोलन कहाँबाट परिचालित हो भन्‍ने कुरा पत्ता लगाएर जनतासामु ल्याउन सञ्‍चारमाध्यमलाई तिमिल्सिनाले आग्रहसमेत गरेका छन् । यस आन्दोलनलाई हिन्दू राज्य र संवैधानिक राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको छ । कुनै विशेष राजनीतिक दल तथा व्यक्तिहरु पनि यसमा देखिएका छैनन् ।

प्रशासनको प्रतिबन्ध

मंसिर २० गते माइतीघरमा बृहत प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारी फैलिनसक्ने भन्दै कुनै सभा, सम्मेमलन, जुलुस र प्रदर्शनहरु नगर्न चेतावनी दिएको छ ।

तर, राष्ट्रिय नागरिक आन्दोनल २०७७ का संयोजक सुरेन्द्र भण्डारीले भने मंसिर २० को आन्दोलन कुनै पनि हालतमा नरोकिने बताएका छन् । उनले आन्दोलन शान्तिपूर्ण हुने भएकोले कोही आत्तिन जरुरी नभएकोसमेत बताएका छन् ।

Related News

उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
  • २०७७ मंसिर १९

डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...

केपीले संसद विघटन मात्रै गरेका  होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
केपीले संसद विघटन मात्रै गरेका होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
  • २०७७ मंसिर १९

डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...

खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
  • २०७७ मंसिर १९

नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...

TOP