२०७७ माघ ५, सोमबार
January 18, 2021, Monday

केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तिखो टिप्पणी गरेका छन् । ओली लोकतन्त्रका लागि नभई हत्या मुद्दामा जेल बसेको उनले बताए ।

बुधबार गृहजिल्ला तनहुँमा व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । बिहीबार सोही पुल उद्घाटन गर्दै पौडेलले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् ।

‘यो देशको प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भेर ककसले भन्नुभयो । होइन, ज्यान मुद्दामा बसेको हो’ उनले अघि भने, ‘जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो । अनि जेल परिहाल्यो । यो लोकतन्त्रका लागि हो ? केपी ओली मेरो अगाडि कुरा गरोस् ।’

जनआन्दोलनका बेला बलयगाढा चढेर अमेरिका पुगिन्छ ? भनेका ओली राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रले सरकारको नेतृत्वमा पुगेको उनको दाबी छ । पौडेलले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि समेत प्रश्न उठाए । ‘राष्ट्रवादको हिरो त अस्ति देखिहालियो नि । विदेशी गुप्तचरसँग तीन घण्टा के गरियो ? राष्ट्रवाद त्यही हो ?’उनले प्रश्न गरे ।

किसुनजीले कम्युनिस्टहरुलाई साथमा लिएर हिँड्न खोजेको तर गर्दागर्दा हैरान भएपछि ‘गधालाई जति धोएर गाई बनाउन सकिएन । कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन’ भनेको स्मरण गर्दै पौडेलले प्रधानमन्त्री ओली सुध्रिए होलान् भन्ने लागेपनि नसुध्रिएको बताए ।

कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन भन्ने बुधबारको घटनाले देखाएको पौडेलले बताए ।

Related News

उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
  • २०७७ मंसिर १८

डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...

केपीले संसद विघटन मात्रै गरेका  होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
केपीले संसद विघटन मात्रै गरेका होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
  • २०७७ मंसिर १८

डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...

खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
  • २०७७ मंसिर १८

नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...

TOP